ललिता निवास प्रकरणः साठी दिन थुनिएकालाई के गर्ने भन्नेमा सरकार अन्यौलमा परेको हो ?
काठमाडौं । जमिनको मामिला त उसै पनि विवादग्रस्त छ नै, मुद्दामाथि चलिरहेको मनोमानीले शंकामाथि शंकाको पहाड खडा गर्दैछ । बालुवाटारस्थित ललिता निवास प्रकरणको गाँठी कुरा हो, शुरुबाटै जग्गा खान विभिन्न प्रपञ्च रचियो र त्यसका लागि व्यक्तिकरण गर्ने काम शुरु भयो । त्यसरी सरकारी जग्गालाई व्यक्तिकरण गर्ने काममा कर्मचारीहरू रामकुमार सुवेदी, शोभाकान्त ढकाल शुरुदेखि अन्तिमसम्मै सक्रिय रहेको विभिन्न घटना र सन्दर्भहरूले बताइरहेका छन् । अर्थात्, उही पात्र शुरुदेखि अन्तिमसम्म मिलिजुली लागि परेका छन् । जब राज्यले पैसा तिरेर अधिग्रहण गरेको जग्गालाई मन्त्रिपरिषद् बैठकको निर्णय अपव्याख्या गर्दै राणाहरूको नाममा लगियो । त्यसरी जमिन गएपछि त्यसको बकस खाने उनीहरू नै भए, त्यसमा कर्मचारी पनि मिले । त्यसपछि बचेको जग्गालाई नक्कली मोही देखाएर खाइयो । मोहीबाट फेरि तिनै कर्मचारीले खाए । त्यसपछि पनि अलिकति जमिन बच्यो, त्यसलाई टिकिञ्चा गुठीको देखाइयो । गुठीबाट रैकर कायम गरेर तिनै कर्मचारीले खाए । यी सबै काम संगठित तवरले नै भएको छ । त्यसैले प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले संगठित अपराधमा मुद्दा लग्यो । अदालतले पक्राउ परेका व्यक्तिको हकमा त्यही मुद्दाअन्तर्गत म्याद दियो । तर, सरकारी वकिलले मुद्धालाइृ संगठितबाट हटायो । रहस्मय कुरा छ ।
किन त्यसरी हटाउनुपरेको ? जबकि अदालतले नै संगठितमा नै म्याद थप गन्यो । त्यसमाथि सर्वोच्च अदालतले नीतिगत निर्णयमा संलग्न भई यो प्रकरणसँग जोडिएका उच्चपदस्थ व्यक्तिसम्मलाई छानविनको दायरामा ल्याउनु भनी त्यत्रो आदेश जारी गरेको छ । तर, सरकारी वकिललाई चाहिँ किन संगठित अपराधबाट हटाउनुपर्ने खेल–खण्ड आइलाग्यो ?
ललिता निवासमात्रै हैन, नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि यस्तै भयो । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमै बन्दीप्रत्यक्षीकरणको रिटमाथि संगठित अपराध भनेरै सुनुवाई गरेको छ । नत्र, त्यतिबेलै व्याख्या गर्थ्यो होला किर्ते मात्रै हों है भनेर । त्यत्रो रिटमा एक महिनासम्म धाउने र बहस गर्ने काम भयो । त्यसबेला सर्वोच्चले पनि संगठित होइन भन्न सकेन । जबकि, ’यो संगठित अपराध होइन’ भनेर रिट गएको थियो । अर्थात्, ’हकिकत होइन’ भनेर रिट हालिएको थियो । तर, सर्वोच्चले ’संगठित नै हो’ भन्ने बुझ् यो र आदेशहरू पनि त्यहीअनुसारका आए । यसरी सर्वोच्चले स्वीकारेको विषयलाई जिल्ला सरकारी वकिलले कसरी हटायो ? प्रश्न गम्भीर छ । कानुनकर्मीहरू भन्छन्, ’यसमा सरकारको आदेशमा सरकारी वकिल मिलेको छ कि छैन भन्ने त देखियो ।
प्रमाण बटुल्न फोन सम्पर्क, यात्रा विवरण, सिसिटिभी फुटेजको अध्ययन गरेको हुन्छ । पाँच–पाँच वर्षसम्म अध्ययन गरेर, त्यो कसुरको जरो कहाँ छ किलो कहाँ छ, नाडीमा नशा कताबाट फैलिएको छ भन्ने कुरा पहिल्याएको हुन्छ । त्यस आधारमा अभियुक्त समाउने हो । कसैलाई जुवाको खालबाट, कसैलाई भोज– भतेरमा पुगेर त कसैलाई वेश्यालयसम्म पुगेर समातेको छ । त्यो दुःखले तयार भएको मुद्दालाई सरकारी वकिलको एक कलमले घुमाइदिँदा प्रहरीले फेरि पनि खुशीसंग काम गर्छ भन्ने छैन ।
यो प्रकरणमा प्रहरी संयन्त्र शुरुदेखि नै छानबिनमा छ । प्रहरी कडा ढंगले गयो भने मुद्दा पनि कडै हुने भयो भनेपछि उसलाई कमजोर बनाउन संगठित अपराधबाट हटाउने काम भएको बुझ्न सकिन्छ । भनिन्छ– लंलिता निवास प्रकरण ’प्यारालाइसिस’ भएको केस हो। सिआइबीले हेरे पनि महान्यायाधिवक्ताले फाइल फर्काएपछि रोकेर राखेको केस हो। नत्र, त्यही केसलाई उठाएर, हिँडाएर, दौडाएर त्यहाँ पुर्याइसकेपछि अदालतले म्याद दिइसकेपछि, सर्वोच्चमा त्यत्रो बहस भइसकेपछि संगठितमा लान के आपत्ति थियो ? तर्क के पनि गरिएको छ भने, यो पहिल्यै काम फत्ते भइसकेको हो । स्रोतः जनआस्था
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...












