श्रम गन्तव्य देशका राजदूतलाई किन एकैपटक बोलाउँदैछ सरकार ?
काठमाडौं । सरकारले वैदेशिक रोजगारका बदलिँदो अवस्थामाथि छलफल गर्न प्रमुख गन्तव्य देशकका राजदूत बोलाएको छ ।
श्रम मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले खाडी,मलेसिया र युरोप क्षेत्र हेर्ने राजदुत बोलाएको हो । राजदुतहश्रसँग भदौ २५,२६ र २७मा वैदेशिक रोजगारसँग सम्बन्धित विषयमा छलफल गर्न लागिएको हो ।
सेवा शूल्क, यूरोपमा देखिएको अवसर ,घरेलु श्रमिकको अवस्था र ठगी नियन्त्रणसँग सम्बद्ध विषयमा राजदुतसँग विस्तृत छलफल गरी सुझाव लिन दागिएको श्रम मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखाका प्रमुख राजीव पोखरेलले जनाए ।” हामिले आप्रवासन नीति बनाउन मस्यौदा तयार गरिरहेका छौ । वैदेशिक रोजगारको व्यवस्थापनलाई अझ पारदर्शी बनाउने र श्रमिकको सुरक्षालाई प्रथमिकता दिईरहेका छौ” । उनले भने यसमा राजदूतहरुको सुझाव निकै महत्वपूर्ण हुनेछ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सुझाबका लागि परराष्ट्र मन्त्रालयमा थन्काइरहेको अवस्थामा राजदूतहरुसँग विस्तृत छलफल गर्न लागिएको हो ।परराष्ट्र मन्त्रालयले युरोपको मागपत्र प्रमाणीकरण, जापानको निर्दिष्ट सीपयुक्त श्रमिकसम्बन्धी घरेलु श्रमिकको निर्देशिका र कोरिया जाने सीपयुक्क्त श्रमिकलाई पठाउने फाईलहरुमाथि सुझाव नदिई राखेको हो ।
युरोपमा नेपाली श्रमिकको उच्च माग भएपछि श्रम मन्त्रालयले मागपत्र प्रमाणीकरणलाई सहजीकरण गर्न संशोधन गर्न बनाइएको वैदेशिक रोजगार सम्बन्धि मागपत्र जाँच निर्देशिकालाई परराष्ट्रले अड्काएर राखेको छ । गत जेठदेखी युरोपको मागपत्र प्रमाणीकरण गरेको छैन् । युरोपमा ४० हजार जनाको मागपत्र प्रमाणीकरण रोकिएको छ । यसले संस्थागत रुपमा नेपाली श्रमिक युरोप जानबाट वञ्चित छन् । आफ्नै किसिमले जानुपरेको छ । श्रमिक ठगिमा पनि परिरहेका छन्, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले भने ।
Comments
अरु समाचार
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...











