पर्यटन पूर्वाधार निर्माणले गति लिँदै,यसैवर्ष तिनवटा विमानस्थलको टर्मिनल भवनको ५० प्रतिशत काम सक्ने
काठमाडौं । सरकारले एयरपोर्ट स्तरोन्नति , पदमार्ग निर्माणदेखि हिल स्टेसनसम्मका पर्यटन पूर्वाधार विकासलाई प्रथमकितामा राखेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले चालू आर्थिक वर्ष देशैभर पर्यटन पूर्वाधार निर्माणदेख कानुनहरु संशोधनसम्मलाई प्रथमिकता राखिएको हो ।
सरकारले चालू आबका लागि पर्यटन मन्त्रालयलाई करिब १२ अर्ब रुपैयाँ विनियोजन गरेको छ । नेपाल नगरिक उड्डयन प्रधिकरण (क्यान ) र र नेपाल पर्यटन बोर्डको आफ्नै आन्तरीक बजेट पनि हुन्छ । क्यानले ३६ अर्व ६६ करोड रुपैयाँको बजेट स्वीकृत गरेसँगै विमानस्थललगायतका हवाई पूर्वाधार निर्माणका लागि १९ अर्ब पुजिँगत बजेट विनियोजन गरेको छ । पर्यटन बोर्डले भने अझै बजेट ल्याइसकेको छैन् ।
स्तरोन्नति सुरु गरिएका भरतपुर , नेपालगञ्ज र विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण यसै वर्ष ५० प्रतिशत सम्पन्न गरिसक्ने पर्यटन सचिव भरतमणि सुवेदीले दाबी गरेका छन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्तरोननतितर्फ पार्किङ निमार्ण ९० प्रतिशत, समानान्तर ट्याक्सी वे निर्माण ७८ प्रतिशत र ह्यांगर एप्रोन निर्माण ६४ प्रतिशत सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
यस्तै, बाराको निजगढमा पूर्ण क्षमताको अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्यलाई पनि प्रथमिकता दिइने भएको छ। चालू आव मै निजगढ विमानस्थल निर्माण मोडालिटीसमेत टुंगो लगाउने लक्ष्य पर्यटन मन्त्रालयले लिएको छ।
क्यानको पुनसंरचना तथा नेपाल वायुसेवा निगमको व्यवस्थाकीय सुधारलाई पनि प्राथमिकतामा राखिएको छ । अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ ) , युरोपेली युनियन (इयु) देखी देशभित्रकै सरोकारवालाले क्यानको पुर्नसंरचना गरी नियामक र सेवाप्रदायक (व्यवस्थापक)छुट्टछुट्टै निकाय बनाउनुपर्ने दबाब दिँदै आइरहेको छन् । यस्तै , अक्षम व्यवस्थापनका कारण वायुसेवा निगम थला परेको भन्दै कम्पनीकरण गरेर थप सुदृढ एवं बलियो बनाउँदै लैजानुपर्ने बहस चलिरहेको छ ।
सरकारले राष्ट्रिय संस्कृति नीति , संस्कृति ऐन ,खुला सांस्कृतिक संग्रालय र जीवन्त संग्रालयको कार्यविधि तथा मापदण्ड बनाउने भएको छ । यस्तै , पर्यटन ऐन संशोधन एवं परिमार्जन गरिने भएको छ । दुर्गम क्षेत्र हवाई सेवा सञ्चालनसम्बन्धी कार्यविधि तर्जुमा, तिनवटा देशसँग द्धिपक्षिय हवाई सेवा सम्झौता तथा पुनरावलोकनको काम गर्ने कार्यतालिका छ ।
भुकम्पबाट क्षति भएको सांस्कृतिक सम्पदा २५ , गुम्बा२४ , पुरातात्विक स्थल संरक्षण आयोजना अन्तर्गतका २० वटा सम्पदाको पुनर्निमाण कार्य सम्पन्न गर्ने भएको छ । हिमाली भेगमा रहेका सय वर्षभन्दा पुराना संस्कृतिक रुपमा महत्वपूणए गम्बाहरु संरक्षण गरिनेछ ।
पर्यटन पुर्वाधार विकास कार्यक्रमअन्तर्गत एक सय ५० किलोमिटर ग्रेट हिमालयन ट्रेल निर्माण, ग्रेटर मुन्धुम ट्रेल, महाभारत ट्रेल , काठमाण्डौ उपत्यकावरिपरि ३० किलोमिटर पदमार्ग निर्माण गने लक्ष्य राखिएको छ । कोशी प्रदेशको उदयपुर र लुम्बिनी प्रदेशको अर्घाखाँची नरपानीमा हिल स्टेसन पूर्वाधार निर्माण यसै वर्ष ३० प्रतिशत सम्पन्न गर्ने लक्ष्य छ ।यस्तै भ्रमण दशक (सन् २०२३–०३२)को कार्ययोजनाको तयारी गरिने छ।
राष्ट्रिय गौरवका आयोजनातर्फ पशुपति क्षेत्रको विश्वरुप मन्दिर एवं सत्तल संरक्षण कार्यलाई यसै वर्ष ७० प्रतिशत सम्पन्न गरिने भएको छ । लुम्बिनी विकास कोषको पहिलो फेज सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
नेपाललाई सुरक्षित र आर्कषक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न कुनै कसर बाँकी नराख्ने पर्यटन मन्त्रालयको तयारी छ । विशेष पर्यटकिय क्षेत्र (एसटिजी ) निर्धाराण गरी पूर्वाधार विकासका लागि निजी क्षेत्रलाई आर्कषित गर्ने र त्यस्तो स्थानमा लागानिका लागि छुट , सहुलियत , प्रत्साहनजस्ता व्यवस्था गर्ने सरकारको तयारी छ । पर्यटकको बसाइ अवधि र औसत खर्च वृद्धि गर्न पर्यटनउपज र पर्यटकिय क्रियाकलाप विस्तारमा बजेट तथा कार्यक्रम केन्द्रित गरिने भएको छ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन,...











