पर्यटन पूर्वाधार निर्माणले गति लिँदै,यसैवर्ष तिनवटा विमानस्थलको टर्मिनल भवनको ५० प्रतिशत काम सक्ने
काठमाडौं । सरकारले एयरपोर्ट स्तरोन्नति , पदमार्ग निर्माणदेखि हिल स्टेसनसम्मका पर्यटन पूर्वाधार विकासलाई प्रथमकितामा राखेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले चालू आर्थिक वर्ष देशैभर पर्यटन पूर्वाधार निर्माणदेख कानुनहरु संशोधनसम्मलाई प्रथमिकता राखिएको हो ।
सरकारले चालू आबका लागि पर्यटन मन्त्रालयलाई करिब १२ अर्ब रुपैयाँ विनियोजन गरेको छ । नेपाल नगरिक उड्डयन प्रधिकरण (क्यान ) र र नेपाल पर्यटन बोर्डको आफ्नै आन्तरीक बजेट पनि हुन्छ । क्यानले ३६ अर्व ६६ करोड रुपैयाँको बजेट स्वीकृत गरेसँगै विमानस्थललगायतका हवाई पूर्वाधार निर्माणका लागि १९ अर्ब पुजिँगत बजेट विनियोजन गरेको छ । पर्यटन बोर्डले भने अझै बजेट ल्याइसकेको छैन् ।
स्तरोन्नति सुरु गरिएका भरतपुर , नेपालगञ्ज र विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण यसै वर्ष ५० प्रतिशत सम्पन्न गरिसक्ने पर्यटन सचिव भरतमणि सुवेदीले दाबी गरेका छन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्तरोननतितर्फ पार्किङ निमार्ण ९० प्रतिशत, समानान्तर ट्याक्सी वे निर्माण ७८ प्रतिशत र ह्यांगर एप्रोन निर्माण ६४ प्रतिशत सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
यस्तै, बाराको निजगढमा पूर्ण क्षमताको अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्यलाई पनि प्रथमिकता दिइने भएको छ। चालू आव मै निजगढ विमानस्थल निर्माण मोडालिटीसमेत टुंगो लगाउने लक्ष्य पर्यटन मन्त्रालयले लिएको छ।
क्यानको पुनसंरचना तथा नेपाल वायुसेवा निगमको व्यवस्थाकीय सुधारलाई पनि प्राथमिकतामा राखिएको छ । अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ ) , युरोपेली युनियन (इयु) देखी देशभित्रकै सरोकारवालाले क्यानको पुर्नसंरचना गरी नियामक र सेवाप्रदायक (व्यवस्थापक)छुट्टछुट्टै निकाय बनाउनुपर्ने दबाब दिँदै आइरहेको छन् । यस्तै , अक्षम व्यवस्थापनका कारण वायुसेवा निगम थला परेको भन्दै कम्पनीकरण गरेर थप सुदृढ एवं बलियो बनाउँदै लैजानुपर्ने बहस चलिरहेको छ ।
सरकारले राष्ट्रिय संस्कृति नीति , संस्कृति ऐन ,खुला सांस्कृतिक संग्रालय र जीवन्त संग्रालयको कार्यविधि तथा मापदण्ड बनाउने भएको छ । यस्तै , पर्यटन ऐन संशोधन एवं परिमार्जन गरिने भएको छ । दुर्गम क्षेत्र हवाई सेवा सञ्चालनसम्बन्धी कार्यविधि तर्जुमा, तिनवटा देशसँग द्धिपक्षिय हवाई सेवा सम्झौता तथा पुनरावलोकनको काम गर्ने कार्यतालिका छ ।
भुकम्पबाट क्षति भएको सांस्कृतिक सम्पदा २५ , गुम्बा२४ , पुरातात्विक स्थल संरक्षण आयोजना अन्तर्गतका २० वटा सम्पदाको पुनर्निमाण कार्य सम्पन्न गर्ने भएको छ । हिमाली भेगमा रहेका सय वर्षभन्दा पुराना संस्कृतिक रुपमा महत्वपूणए गम्बाहरु संरक्षण गरिनेछ ।
पर्यटन पुर्वाधार विकास कार्यक्रमअन्तर्गत एक सय ५० किलोमिटर ग्रेट हिमालयन ट्रेल निर्माण, ग्रेटर मुन्धुम ट्रेल, महाभारत ट्रेल , काठमाण्डौ उपत्यकावरिपरि ३० किलोमिटर पदमार्ग निर्माण गने लक्ष्य राखिएको छ । कोशी प्रदेशको उदयपुर र लुम्बिनी प्रदेशको अर्घाखाँची नरपानीमा हिल स्टेसन पूर्वाधार निर्माण यसै वर्ष ३० प्रतिशत सम्पन्न गर्ने लक्ष्य छ ।यस्तै भ्रमण दशक (सन् २०२३–०३२)को कार्ययोजनाको तयारी गरिने छ।
राष्ट्रिय गौरवका आयोजनातर्फ पशुपति क्षेत्रको विश्वरुप मन्दिर एवं सत्तल संरक्षण कार्यलाई यसै वर्ष ७० प्रतिशत सम्पन्न गरिने भएको छ । लुम्बिनी विकास कोषको पहिलो फेज सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
नेपाललाई सुरक्षित र आर्कषक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न कुनै कसर बाँकी नराख्ने पर्यटन मन्त्रालयको तयारी छ । विशेष पर्यटकिय क्षेत्र (एसटिजी ) निर्धाराण गरी पूर्वाधार विकासका लागि निजी क्षेत्रलाई आर्कषित गर्ने र त्यस्तो स्थानमा लागानिका लागि छुट , सहुलियत , प्रत्साहनजस्ता व्यवस्था गर्ने सरकारको तयारी छ । पर्यटकको बसाइ अवधि र औसत खर्च वृद्धि गर्न पर्यटनउपज र पर्यटकिय क्रियाकलाप विस्तारमा बजेट तथा कार्यक्रम केन्द्रित गरिने भएको छ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?
काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...












