प्रेस चौतारीले पत्रकार महासंघ कोशीमा लगायो ताला, सदस्यता शुद्धीकरणका नाममा विभेद गरेको आरोप
विराटनगर । प्रेस चौतारी नेपालमा आबद्ध कोशी प्रदेशका पत्रकारहरु आन्दोलित भएका छन् । पत्रकार महासंघ कोशी प्रदेश समितिले सदस्यता शुद्धीकरणका क्रममा विभेदपूर्ण हिसावले मनोमानी गरेको भन्दै प्रेस चौतारीमा आबद्ध पत्रकारहरु आन्दोलित भएका हुन् ।
आन्दोलनका कार्यक्रम अन्तर्गत प्रेस चौतारीका कोशी प्रदेश अध्यक्ष अविजाल बिष्ट नेतृत्वको समूहले आज (आइतवार) पत्रकार महासंघ कोशी प्रदेश समितिको कार्यालयमा तालाबन्दी गरेको छ । माग पूरा नभएसम्म महांसंघको कार्यालयमा लगाएको ताला नखोली चौतारीका अध्यक्ष बिष्टले चेतावनी दिनु भएको छ । उहाँले ‘जबसम्म कोशी प्रदेशमा कार्यरत श्रमजीवी तथा दक्ष पत्रकारहरुले सदस्यता पाउँदैनन् र सदस्यता पाएकाहरुको नविकरण गरिँदैन तबसम्म तालाबन्दी कायम रहने’ विष्टले जनाउनु भयो । समस्या समाधानका लागि चौतारी वार्ताका लागि तयार रहेको बिष्टले जनाउनु भयो । पत्रकार महासंघले विभिन्न जिल्लाको सदस्यता शुद्धीकरणका नाममा मापदण्ड मिचेर नाम सिफारिस गरेको भन्दै कोशी प्रदेशमा प्रेस चौतारी आन्दोलित छ ।
सदस्यता शुद्धीकरणको नाममा केन्द्रले पठाएको मापदण्ड मिचेर नाम सिफारिस गरेको चौतारीको आरोप छ । पत्रकारको सदस्यता शुद्धीकरण तथा नविकरणका लागि पत्रकार महासंघमा पठाइएकाृे नाम छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने माग प्रेस चौतारीको छ । पूर्वाग्रही ढङ्गले, राजनीतिक आस्था भएकै कारण र गैरपत्रकारको समेत नाम शुद्धीकरणका लागी सिफारिस गरेको आरोप महासंघ र यसमा आाबद्ध पदाधिकारीलाई लगाइएको छ । महासंघको केन्द्रीय समितिले पारित गरेको १५ बुँदे मापदण्ड हु-बहु पालना हुनुपर्ने चौतारीको माग छ ।
Comments
अरु समाचार
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
कोशी प्रदेश : चार महिनामा लैङ्गिक हिंसाका २८६ मुद्दा दर्ता
झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा लैङ्गिक हिंसाका २८६ वटा मुद्दा दर्ता भएको प्रहरीले...
-
फक्ताङलुङमा घाँस काट्ने क्रममा लडेर एक जनाकाे मृत्यु !
काठमाडाैं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा आज लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय बलबहादुर...
-
पाख्रिबासमा माइक्रोबस दुर्घटना एकजनाकाे मृत्यु, १३ जना घाइते !
काठमाडौं । धनकुटामा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट संखुवासभाको सदरमुकाम खाँदवारी जाँदै गरेको बा...
-
‘सम्झना टोल विकास संस्था’ को साधारणसभा सम्पन्न, विकासप्रेमी केदार कार्की पुनः अध्यक्षमा चयन
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभाले केदार कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको...












