प्रेस चौतारीले पत्रकार महासंघ कोशीमा लगायो ताला, सदस्यता शुद्धीकरणका नाममा विभेद गरेको आरोप
विराटनगर । प्रेस चौतारी नेपालमा आबद्ध कोशी प्रदेशका पत्रकारहरु आन्दोलित भएका छन् । पत्रकार महासंघ कोशी प्रदेश समितिले सदस्यता शुद्धीकरणका क्रममा विभेदपूर्ण हिसावले मनोमानी गरेको भन्दै प्रेस चौतारीमा आबद्ध पत्रकारहरु आन्दोलित भएका हुन् ।
आन्दोलनका कार्यक्रम अन्तर्गत प्रेस चौतारीका कोशी प्रदेश अध्यक्ष अविजाल बिष्ट नेतृत्वको समूहले आज (आइतवार) पत्रकार महासंघ कोशी प्रदेश समितिको कार्यालयमा तालाबन्दी गरेको छ । माग पूरा नभएसम्म महांसंघको कार्यालयमा लगाएको ताला नखोली चौतारीका अध्यक्ष बिष्टले चेतावनी दिनु भएको छ । उहाँले ‘जबसम्म कोशी प्रदेशमा कार्यरत श्रमजीवी तथा दक्ष पत्रकारहरुले सदस्यता पाउँदैनन् र सदस्यता पाएकाहरुको नविकरण गरिँदैन तबसम्म तालाबन्दी कायम रहने’ विष्टले जनाउनु भयो । समस्या समाधानका लागि चौतारी वार्ताका लागि तयार रहेको बिष्टले जनाउनु भयो । पत्रकार महासंघले विभिन्न जिल्लाको सदस्यता शुद्धीकरणका नाममा मापदण्ड मिचेर नाम सिफारिस गरेको भन्दै कोशी प्रदेशमा प्रेस चौतारी आन्दोलित छ ।
सदस्यता शुद्धीकरणको नाममा केन्द्रले पठाएको मापदण्ड मिचेर नाम सिफारिस गरेको चौतारीको आरोप छ । पत्रकारको सदस्यता शुद्धीकरण तथा नविकरणका लागि पत्रकार महासंघमा पठाइएकाृे नाम छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने माग प्रेस चौतारीको छ । पूर्वाग्रही ढङ्गले, राजनीतिक आस्था भएकै कारण र गैरपत्रकारको समेत नाम शुद्धीकरणका लागी सिफारिस गरेको आरोप महासंघ र यसमा आाबद्ध पदाधिकारीलाई लगाइएको छ । महासंघको केन्द्रीय समितिले पारित गरेको १५ बुँदे मापदण्ड हु-बहु पालना हुनुपर्ने चौतारीको माग छ ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











