रातोपाटीमा कार्यरत पत्रकार धामीमाथि सांघातिक आक्रमण
काठमाडौँ । पत्रकार कृष्णसिंह धामीमाथि सांघातिक आक्रमण भएको छ । समाचार अनलाइन रातोपाटीमा कार्यरत पत्रकार धामीलाई सोमबार पाँच/छ जनाको समूहमा आएका व्यक्तिहरुले आक्रमण गरेका हुन् । धामीमाथि रातोपाटीको केन्द्रीय कार्यालय बखुण्डोल नजिकै सांघातिक आक्रमण गरेका हुन् ।
अपरान्ह करिब साढे ४ बजेतिर खाजा खाएर रातोपाटीकर्मी कार्यालयतर्फ फर्किने क्रममा धामीलाई उनीहरुले अन्धाधुन्ध आक्रमण गरेका थिए । मुक्का प्रहारबाट धामीको टाउकोलगायत विभिन्न भागमा चोट लागेको छ । उनको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।
गत भदौ २६ गते विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले रातोपाटी र त्यसमा कार्यरत सम्वाददातालाई सजाय दिने धम्की दिएको थियो । त्रिविमा मापदण्ड नै नपुगेका कलेजलाई विषयगत स्वीकृति दिएको विषयमा क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही ९सी०ले विज्ञप्ति नै जारी गरेर भौतिक कारबाहीको चेतावनी दिएका थिए ।
यस्तै समाचारको विषयलाई लिएर विप्लवका विद्यार्थीहरूले निरन्तर आफूलाई धम्की दिएको धामीले बताउँदै आएका थिए । विज्ञप्ति र सामाजिक सञ्जालमार्फत समेत धम्की दिएपछि यसबारे नेपाल पत्रकार महासंघले विज्ञप्ति निकालेर ध्यानाकर्षण भएको जनाएको थियो ।
भदौ २७ गते महासचिव रोशन पुरीले विज्ञप्ति निकालेरै उक्त धम्कीप्रति आपत्ति जनाउँदै विरोध जनाएका थिए । आक्रमणकारीहरूले कार्यालय फर्किने क्रममा सुरुमा धामीलाई नमस्कार गरेको र त्यसअघि एकाएक आक्रमण गरेर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । मोटरसाइकलमा आएका उनीहरू आक्रमण लगत्तै भागेका थिए । घटनापछि प्रहरी प्रभाग पुल्चोकका इन्स्पेक्टर प्रमोद कार्की नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ । प्रहरीले आवश्यक जानकारी लिएर दोषीको खोजी कार्य तीव्र बनाइसकेको जनाएको छ ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...












