गृहका कर्मचारीलाई कार्यलय समयमा अनिवार्य योग गर्न निर्देशन
काठमाडौं । गृह मन्त्रालयले मातहतका कर्मचारीलाई कार्यलय समयमा अनिवार्य रुपमा योग गर्न निर्देशन गरेको छ।
यसका लागि गृहले मातहतका कर्मचारीका लागि परिपत्र नै जारी गरेको छ । परिपत्रअनुसार मातहतका अधिकृत तहका कर्मचारीलाई कम्तीमा १५ मिनेट योग गर्न भनिएको छ । योग गर्ने समय भने १० देखी १०ः१५ बजेसम्म निर्धारण गरिएको छ । जुन कार्यलय सुरु हुने समय हो । र, सोही समयमा सेवाग्राहीको सम्बन्धित कार्यलयमा घुइँचो लाग्ने गर्छ ।
पूर्वसचिव उमेश मैनालीले कार्यालय समयमा महत्तवपूर्ण निकायका कर्मचारी योग अभ्यासमा लाग्नु गलत रहेको बताए । १० बजेदेखि कार्यलय समय सुरु हुन्छ । यो सेवाग्राहीका लागि छुट्याइएको समय हो । उक्त समयमा सेवाग्राहीलाई कर्मचारीले सेवा दिनुपर्छ । तर, सोही समयमा कर्मचारी योग अभ्यासमा लाग्दा सेवाग्राही मारमा पर्छन् । कार्यलय समयमा योगभ्यास गर्नु ठीक होइन् ।
गृहको कार्यलय व्यवस्थापन तथा जिन्सी शाखाबाट जारी भएको परिपत्रअनुसार योगाभ्यास अधिकृत तहका कर्मचारीका लागि अनिवार्य गरिएको छ। योगाभ्यास बिहानको १०ः१५ अघि गरिसक्नुपर्ने परिपत्रमा उल्लेख छ ।
अधिकृतभन्दा तल्लो तहका कर्मचारीलाई पनि योग अभ्यासको तालिम दिई कार्यलय समयभन्दा अघि अभ्यास गराउने वातावरण तयार गर्न परिपत्रमा भनिएको छ । तर गृहले यस सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छैन् । मन्त्रालयका प्रवक्ताको जिम्मेवारीसमेत सम्हालेका प्रशासन महाशाखाका प्रमुख सहसचिव केदारनाथ शर्माले यस विषयमा पछि बोल्ने भन्दै पन्छिए ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
मुख्यसचिव नियुक्तिमा बरियता कि कार्यक्षमताः अन्तरिम सरकारको अलमलले कर्मचारी संयन्त्रमा सन्नाटा
काठमाडाैं । सिनियरका नाममा निजामतीको माथिल्लो पदमा क्षमताहिन सचिव सुमन अर्याललाई मुख्यसचिव बनाउने सरकारले तयारी गरेको चर्चा चलेको छ ।...
-
नेपाल-चीन कोरला नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउने तयारी, गृह र अध्यागमन विभागको टोली अवलोकनमा
काठमाडाैं । गृह मन्त्रालय र अध्यागमन विभागको टोलीले नेपाल–चीन सीमाको कोरला नाका अवलोकन गरेको छ । पोखराबाट हवाई मार्ग हुँदै...
-
सीडीओ सरुवामा थिति बसाल्दै गृहसचिव दंगाल र महाशाखा प्रमुख पराजुली
काठमाडाैं । प्रमुख जिल्ला अधिकारी सरुवामा पहिलो पटक वरिष्ठता र अनुभवलाई आधार बनाएर आर्थिक चलखेललाई पूर्णतः निषेध गरिएको पाइएको छ...
-
भ्रष्ट कर्मचारीको चंगुलमा एनटीसी, सविनादेखि शालिग्राममाथि होला कारबाही ?
काठमाडाैं । जेनजी आन्दोलनपछि सरकारको नेतृत्व फेरियो । राजनीतिक वातावरण विथोलियो । तर, पूर्वसञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङका आइटी सल्लाहकार शालिग्राम पराजुलीको...
-
स्वास्थ्य सेवा विभागले गर्यो ५ थान थ्रीडी म्यामोग्राफी मेसिन वितरण, ३ हजार भन्दा बढी महिला लाभान्वित
काठमाडौं । स्तन क्यान्सरको प्रारम्भिक पहिचानका लागि अत्याधुनिक प्रविधि मानिने थ्री डी (3D) म्यामोग्राफी सेवा अब राजधानी बाहिर पनि विस्तार...
-
प्रतिशोधको भुङ्ग्रोमा कुलमानः विद्युत क्षेत्रका कर्मचारी धमाधम हटाउने काम शुरु
काठमाडाैं । प्रतिशोध नसाँध्ने, नियमित कामलाई नै निरन्तरता दिने दाबी गरेका अन्तरिम सरकारका ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री कुलमान घिसिङले पदको...
-
महानिर्देशक मण्डलले गरे आगामी निर्वाचनसम्म आधा तलव शहीद सहयोग कोषमा दिने घोषणा
काठमाडाैं । ऊर्जा मन्त्री कुलमान घिसिङले भदौ २० गते पदभार सम्हाल्ने क्रममा कुनै पनि सरकारी सुविधा नलिने र आफ्नो सम्पूर्ण...
-
जेनजी पुस्ताको मागअनुसार विभागले काम गर्छः महानिर्देशक भट्टराई
काठमाडाैं । वैदेशिक रोजगार विभागले भ्रष्टाचारविरोधि जेनजी पुस्ताको माग बमोजिम कार्यसम्पादन गर्ने गरि टिम निर्माण थालेको छ । वैदेशिक रोजगार...












