सिक्किममा मजदुरी गर्ने इलामका पाँचजना एक सातादेखी सम्पर्कविहीन, टिस्टाको बाढीमा फसेको आकलन
काठमाडौं । रोजगारीका लागि भारतको सिक्किमको लाचेन उपत्यकामा रहेका इलामको इलाम नगरपालिका–९ गोलाखर्कका चार मजदुर र एक बालिकासहित पाँचजना एक सातादेखि सम्पर्कविहीन भएका छन् । उनीहरु टिस्टा नदिमा आएको बाढीमा फसेको आशंका गरिएको छ। श्रीमान्, श्रीमती,छोरी र थप दुइजना गरी पाँच जना टिस्टामा बाढी आएकै दिन अर्थात १७ असोजमा टिस्टा नदीमा ल्योनाक हिमताल विस्फोटपछि १७ आसोजदेखि नेपालमा परिवारसँग सम्पर्कविहीन भएका हुन् । उत्तरी सिक्किमको ल्योनाक हिमताल विस्फोटपछि १७ असोजमा टिस्टा नदीमा आएको बाढीमा परी हालसम्म ५५ जनाको मृत्यु भइसकेको र एक सय ४१ जना बेपत्ता रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार सम्पर्कविहीन हुनेमा इलाम नगरपालीका–९ गोलाखर्क २९ वर्षीय कुमार वस्नेत, उनकी श्रीमती नरमाया बस्नेत र नौ वर्षीया छोरी खुसी बस्नेत रहेका छन् । त्यस्तै, सोही गाउँका ४० वर्षीय सेनबहादुर कार्की र ३० वर्षीय लाक्पा शेर्पा पनि सम्पर्कविहीन छन् । उनिहरु सिक्कमको लाचेन क्षेत्रमा निर्माण मजदुरको रुपमा कार्यरत थिए । भारतीय सुरक्षाकर्मीले सम्पर्कको पहुँच स्थापित गर्न नसकेको जानकारी पाएका छौं, उनले भने । भारतीय सुरक्षाकर्मीले पनि लाचेन क्षेत्रमा सम्पर्कको पहुँच स्थापित गर्न नसकेका कारण अवस्था थाहा हुन सकेको छैन् ।
हिमा क्षेत्रीले ३ अक्टोबर अर्थात १६ असोज राति बहिनी नरमायासँग इमोम कुराकानी गरेकी थिइन् । त्यसयता सम्पर्क हुन नसकेको र मोबाइल पनि स्विच्ड अफ रहेको छ । बिजुली छैन्, भन्दै थिइन्, हिमालले भनिन्, त्यहाँदेखी अहिलेसम्म सम्पर्कमा आएका छैनन् । सरकारले उनीहरुको अवस्था पत्ता लगाई उद्धारमा सहयोग गरोस् ।
प्रजिअ पोखरेलले पनि चार मजदुर र कालिका बाढीमा फसेको हुन सक्ने आकलन गरे । बाढी आउनु अघि अघिसम्म उनिहरु(हाल सम्पर्कविहीन रहेका) परिवारको सम्पर्कमा रहनुभएको रहेछ, तर बाढी आएपछि सम्पर्कमा रहनु भएको रहेछ, तर बाढी आएपछि सम्पर्कमा हुनुहुन्न, पोखरेलले भने ।
जिल्ला प्रशासन कार्यलयले उद्धार र खोजीका लागि सीमा सुरक्षा बलमार्फत सिक्किम राज्य सरकारलाई पत्र लेखेको छ । हामीले सिक्किमको सुरक्षा बलमार्फत विवरण पठाएका सम्पर्कमा छैनन् । उनीहरुको खोज तथा उद्धार गरेर सम्पर्कमा ल्याउने वातावरण तयार गर्नुपर्यो भनेर पत्र लेखेका छौं, उनले भने , सुरक्षा निकायले हामी प्रयास गरिरहेका छौं भनेको छ । बाढीका कारण एक हजार तीन सय ८१ घर पूर्ण रुपमा विस्थापित भएका छन् । बाढीका कारण सिक्किमका विभिन्न जिल्लाका १४ वटा पुल टिस्टा नदीले बगाएको छ । हालसम्म दुई हजार पाँच सय ६३ जनाको उद्धार भएको सिक्किम राज्य सरकारले जनाएको छ । २५ हजार जनसंख्या प्रभावित भएको छ ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











