बीपी प्रतिष्ठानका पूर्वउपकुलपति गिरीविरुद्ध भ्रष्टाचारको आरोपमा अख्तियारमा उजुरी दर्ता
काठमाडाैँ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. ज्ञानेन्द्र गिरी विरुद्ध भ्रष्टाचारको आरोपमा उजुरी दर्ता भएको छ।
विवादस्पद छवि भएका पूर्वउपकुलपति डा. गिरी विरुद्ध भ्रष्टाचारको आरोपमा उजुरी नम्बर C-०२८४४६ दर्ता भएको अख्तियारको स्रोतले जानकारी दिएको छ ।
वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुनसरीमा करिब १० करोड मूल्य बराबरको २० थान भेन्टिलेटर खरिदमा उपकुलपति डा. ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक डा. जगत नारायण प्रसाद लगायतका आधा दर्जन व्यक्तिहरुको मिलोमतोमा व्यापक अनियमिता भएको ठहर प्रतिष्ठानद्वारा गठित एक छानविन समितिले गरेको छ ।
धरान उपहानगरपालिका र स्थानीय सर्वसाधरणले करोडौँ मूल्यका उपकरणहरु मेडिकल स्टोरमा थन्काएर राखेको भनी विरोध हुन थालेपछि वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले २०८० साउन २४ गते ७ दिन भित्र राय सुझाव सहित प्रतिवेदन दिन आन्तरिक रुपमा अप्थाल्मोलाेजी विभागका प्रा.डा. पुनम लाभाजुकाे संयोजकत्वमा गठित ७ सदस्यीय छानविन समितिले व्यापक अनियमिता भएको ठहर गर्दै उक्त खरिद प्रकृया नै रद्द गर्न सिफरिस गरेको हो ।
गिरीविरुद्ध किर्ते कागजातसम्वन्धि मुद्दासमेत विशेष अदालतमा विचाराधिन छ । डा. गिरीले आफू ‘प्रोफेसर’ भएको भन्दै प्राध्यापक पद प्रयोग गर्दै आएका थिए। तर, छानबिनका क्रममा उनले कुनै पनि विश्वविद्यालयबाट प्राध्यापक पद नपाएको देखिएको अख्तियारले जनाएको छ।
अख्यितयारले भनेको छ, ‘डा. ज्ञानेन्द्र गिरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको उपकुलपति जस्तो पदमा नियुक्ति भइसकेपछि नियमित काम गर्ने क्रममा अरूले विश्वास गरोस् भनी बदनियतसाथ कुनै पनि आधिकारिक निकायबाट प्राप्त नगरेको नपाएको ओहदा पाए भनी अरूले विश्वास गर्ने गरी प्रोफेसर पद प्रयोग गरेको देखिएको र निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसूर भएकाले निज ज्ञानेन्द्र गिरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसूरमा सोही ऐनको दफा १५ बमोजिम सजाय हुन र सोही ऐनको दफा २४ बमोजिमको थप सजाय समेतको माग दाबी लिइएको छ।’
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...












