आर्मीलाई हराउँदै मधेशले गर्यो केपी ओली क्रिकेट कप उपाधि कब्जा
काठमाडौं । केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ ।शुक्रबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मीलाई ११ रनले हराउँदै मधेशले उपाधि कब्जा गरेको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको मधेस प्रदेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको त्रिभुवन आर्मी क्लबले भने निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय २४ रनमात्र बनाउन सक्यो ।
यसअघि मधेस प्रदेशले सेमिफाइनलमा अर्को विभागीय टोली सशस्त्रलाई पनि ११ रनले नै हराएको थियो । आर्मी क्लब भने सेमिफाइनल खेलमा बागमती प्रदेशको टोलीलाई चार विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।
फाइनल खेलमा मधेस प्रदेशका लागि तल्लोक्रमका ब्याट्सम्यान विशाल पटेलले अविजित ४९ रनको योगदान गरे । टोली अप्ठ्यारो स्थितिमा रहँदा उनले केवल ३२ बलको सामना गरी तीन छक्का र तीन चौका पनि हिर्काएका थिए । त्यसअघि ओपनर ब्याट्सम्यान हरिशंकर साहले टोलीको खातामा २७ रन थपेका थिए । उनले २१ बलमा दुई छक्का र तीन चौका प्रहार गरेका थिए । माथिल्लो क्रमका ब्याट्सम्यानहरुको प्रदर्शन भने ज्यादै निराशाजनक रह्यो ।
माथिल्ला पाँच ब्याट्सम्यानमध्ये कप्तान हरिशंकरले मात्र दोहोरो अंकमा रन बनाउन सके । ओपनर अनिल साह ६, ईमरान शेख आठ, पवन सर्राफ नौ र मयान यादव तीन रनमै पेभेलियन फर्किए । ५५ रनको कुल स्कोरमा मधेस प्रदेशले पाँच विकेट गुमाइसकेको थियो । छैटौँ नम्बरमा क्रिज समाल्न आएका हिमांशु दत्तले टोलीको खातामा १४ रन थपे । विशाल सुशलिङले १० रन बनाए । रुपेश सिंह शून्य रनमै आउट भए भने प्रदीप पासवानले अविजित चार रन बनाए । मधेस प्रदेशले अतिरिक्त रुपमा पाँच रन पाएको थियो ।
आर्मी क्लबका बलर विवेक यादव र साहब आलमले तीन—तीन विकेट लिए । विवेकले चार ओभरमा ३० रन खर्चिएका थिए । साहब आलमले भने किफायति बलिङ गर्दै तीन ओभरमा केवल पाँच रन खर्चिएका थिए । बसिर अहमद र सोमपाल कामीले पनि एक—एक विकेट हात पारे । जवाफी ब्याटिङ गरेको आर्मी क्लबका लागि ओपनर ब्याट्सम्यान विनोद भण्डारीले सर्वाधिक ३२ रन बनाए । विकेटकिपरको भूमिकामा समेत रहेका कप्तान भण्डारीले ३० बलमा पाँच चौका पनि हिर्काए । अर्का ओपनर सन्तोष कार्कीले १३ बलमा तीन चौकाको मद्दतले १६ रन जोडे ।
भीम सार्कीले टोलीको खातामा २२ रन थपे । पाँचौँ नम्बरका ब्याट्सम्यान भीमले २१ बलमा एक छक्का र दुई चौका पनि हिर्काए । सोमपाल कामीले १५ बलमा एक चौकाको मद्दतले अविजित १६ रन बटुले । विवेक यादव २५ रनमा अविजित रहे । उनले १४ बलमा दुई छक्का र दुई चौका हिर्काए । सोमपाल र विवेकले टोलीलाई जिततर्फ अग्रसर गराएका थिए । ९३ रनमा सात विकेट गुमाएको आर्मी क्लबको स्कोरलाई त्यसपछि सोमपाल र विवेकले नै एक सय २४ रनसम्म पुर्याएका थिए । तर, उनीहरुले टोलीलाई जित दिलाउन सकेनन् । आर्मी क्लबका अन्य ब्याट्सम्यानले भने दोहोरो सङ्ख्यामा रन बनाउन सकेनन् ।
बलियो आर्मी क्लबलाई लक्ष्यसम्म पुग्न नदिन मधेस प्रदेशका बलर हरिशंकर साह एक्लैले चार विकेट लिए । उनले चार ओभरमा केवल १९ रन खर्चिए । प्रदीप पासवानले पनि चार ओभरमा २६ रन खर्चिएर दुई विकेट हात पारे । प्रतिक यादवले एक विकेट कुम्ल्याए ।
Comments
अरु समाचार
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...











