आर्मीलाई हराउँदै मधेशले गर्यो केपी ओली क्रिकेट कप उपाधि कब्जा
काठमाडौं । केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ ।शुक्रबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मीलाई ११ रनले हराउँदै मधेशले उपाधि कब्जा गरेको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको मधेस प्रदेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको त्रिभुवन आर्मी क्लबले भने निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय २४ रनमात्र बनाउन सक्यो ।
यसअघि मधेस प्रदेशले सेमिफाइनलमा अर्को विभागीय टोली सशस्त्रलाई पनि ११ रनले नै हराएको थियो । आर्मी क्लब भने सेमिफाइनल खेलमा बागमती प्रदेशको टोलीलाई चार विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।
फाइनल खेलमा मधेस प्रदेशका लागि तल्लोक्रमका ब्याट्सम्यान विशाल पटेलले अविजित ४९ रनको योगदान गरे । टोली अप्ठ्यारो स्थितिमा रहँदा उनले केवल ३२ बलको सामना गरी तीन छक्का र तीन चौका पनि हिर्काएका थिए । त्यसअघि ओपनर ब्याट्सम्यान हरिशंकर साहले टोलीको खातामा २७ रन थपेका थिए । उनले २१ बलमा दुई छक्का र तीन चौका प्रहार गरेका थिए । माथिल्लो क्रमका ब्याट्सम्यानहरुको प्रदर्शन भने ज्यादै निराशाजनक रह्यो ।
माथिल्ला पाँच ब्याट्सम्यानमध्ये कप्तान हरिशंकरले मात्र दोहोरो अंकमा रन बनाउन सके । ओपनर अनिल साह ६, ईमरान शेख आठ, पवन सर्राफ नौ र मयान यादव तीन रनमै पेभेलियन फर्किए । ५५ रनको कुल स्कोरमा मधेस प्रदेशले पाँच विकेट गुमाइसकेको थियो । छैटौँ नम्बरमा क्रिज समाल्न आएका हिमांशु दत्तले टोलीको खातामा १४ रन थपे । विशाल सुशलिङले १० रन बनाए । रुपेश सिंह शून्य रनमै आउट भए भने प्रदीप पासवानले अविजित चार रन बनाए । मधेस प्रदेशले अतिरिक्त रुपमा पाँच रन पाएको थियो ।
आर्मी क्लबका बलर विवेक यादव र साहब आलमले तीन—तीन विकेट लिए । विवेकले चार ओभरमा ३० रन खर्चिएका थिए । साहब आलमले भने किफायति बलिङ गर्दै तीन ओभरमा केवल पाँच रन खर्चिएका थिए । बसिर अहमद र सोमपाल कामीले पनि एक—एक विकेट हात पारे । जवाफी ब्याटिङ गरेको आर्मी क्लबका लागि ओपनर ब्याट्सम्यान विनोद भण्डारीले सर्वाधिक ३२ रन बनाए । विकेटकिपरको भूमिकामा समेत रहेका कप्तान भण्डारीले ३० बलमा पाँच चौका पनि हिर्काए । अर्का ओपनर सन्तोष कार्कीले १३ बलमा तीन चौकाको मद्दतले १६ रन जोडे ।
भीम सार्कीले टोलीको खातामा २२ रन थपे । पाँचौँ नम्बरका ब्याट्सम्यान भीमले २१ बलमा एक छक्का र दुई चौका पनि हिर्काए । सोमपाल कामीले १५ बलमा एक चौकाको मद्दतले अविजित १६ रन बटुले । विवेक यादव २५ रनमा अविजित रहे । उनले १४ बलमा दुई छक्का र दुई चौका हिर्काए । सोमपाल र विवेकले टोलीलाई जिततर्फ अग्रसर गराएका थिए । ९३ रनमा सात विकेट गुमाएको आर्मी क्लबको स्कोरलाई त्यसपछि सोमपाल र विवेकले नै एक सय २४ रनसम्म पुर्याएका थिए । तर, उनीहरुले टोलीलाई जित दिलाउन सकेनन् । आर्मी क्लबका अन्य ब्याट्सम्यानले भने दोहोरो सङ्ख्यामा रन बनाउन सकेनन् ।
बलियो आर्मी क्लबलाई लक्ष्यसम्म पुग्न नदिन मधेस प्रदेशका बलर हरिशंकर साह एक्लैले चार विकेट लिए । उनले चार ओभरमा केवल १९ रन खर्चिए । प्रदीप पासवानले पनि चार ओभरमा २६ रन खर्चिएर दुई विकेट हात पारे । प्रतिक यादवले एक विकेट कुम्ल्याए ।
Comments
अरु समाचार
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने हुँदै
काठमाडौं । काठमाडौंमा जारी जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदै छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
-
एसिसी यु–१९ एसिया कपमा आज श्रीलंकासँग भिड्दै नेपाल !
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले श्रीलंकासँग खेल्दैछ । खेल द...
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
एनपीएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै !
काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई...
-
एनपिएलमा पहिलो क्वालिफायरः सुदूरपश्चिम र विराटनगरबिच प्रतिस्पर्धा गर्दै !
काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
एनपिएलमा आज कर्णाली र जनकपुर भिड्दै !
काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम...












