रौतहटमा गोली प्रहार गरी भाग्दै गरेका तीन पक्राउ
काठमाडौं । रौटहटको परोहा नगरपालिका–९ स्थित शिव मनि ट्रान्सफरका सञ्चालकलाई गोली हानी भाग्दै गरेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज अपराह्न १ बजेतिर आइएमई सञ्चालक २४ वर्षीय नितेश साहलाई गोली हानी भाग्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रामपुरखापबाट खटिइएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
घटना संलग्न भारत विहार पूर्वी चम्पारण मोतिहारी दीपही–२ बस्ने १८ वर्षीय किशोरसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । काउन्टरमा काम गरिरहेको अवस्थामा उनीहरुले सञ्चालक साहमाथि गोली प्रहार गरी फरार भएका थिए । गोली प्रहारबाट मनि ट्रान्सफर सञ्चालक साह घाइते भएका छन् । प्रादेशिक अस्पताल गौरमा सामान्य उपचारपश्चात उनलाई वीरगन्ज रिफर गरिएको छ ।
नेपाल–भारत सीमा क्षेत्रस्थित घिउरा नाकामा खटिइएका सशस्त्र प्रहरी हवल्दार लक्ष्मणसिंह ठगुन्नासहितको टोली र प्रहरी चौकी जयनगरबाट खटिएको टोलीले मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता प्रहरी नायब निरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।
प्रहरीले उनीहरुका साथबाट एक नाल कटुवा पेस्तोल र बिआर ०६ सिएल ९७९६ नम्बरको भारतीय मोटरसाइकलसमेत बरामद गरेको छ ।
Comments
अरु समाचार
-
पत्नी हत्याको अभियुक्त तीन वर्षपछि कतारमा पक्राउ
काठमाडौं । झापा मेचीनगर नगरपालिका–११ का फरार अभियुक्त ३८ वर्षीय गजेन्द्र वान्तवा राई कतारमा पक्राउ परेका छन् । जिल्ला प्रहरी...
-
प्रहरी जवानले हिरासतमै गरे आत्महत्या
काठमाडौं । बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका एक जवानले प्रहरी हिरासतमै आत्महत्या गरेको अवस्थामा फेला परेका छन् ।...
-
रानीवनबाट पेस्तोलसहित एक युवा पक्राउ
काठमाडौं । पेस्तोल देखाएर स्थानीयलाई त्रसित बनाउँदै हिँड्ने एक युवा काठमाडौँको रानीवनबाट पक्राउ परेका छन् । काठमाडौँको नागर्जुन नगरपालिका–१ नमूना...
-
जुवा खेलिरहेको अवस्थामा २१ जना पक्राउ
काठमाडौं । पनौती नगरपालिका–११ बल्थलीस्थित ख्याकूबाट गएराति जुवातास खेलिरहेका २१ जना पक्राउ परेका छन् । जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका...
-
हत्या आरोपमा पाँच जना प्रहरी नियन्त्रणमा
काठमाडौं । बारामा एक जना पुरुसको घाटी रेटेर हत्या गरेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका...
-
रवि र छवि दुवैले थप सात दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछाने थप ७ दिन प्रहरी हिरासतमा राख्न कास्की जिल्ला अदालतले...
-
कुवामा डुबेर एकजनाको मृत्यु
काठमाडौं । कुवामा डुबेर एकजनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडी निवासी २९ वर्षीय रजमान चौधरीको आज बिहान कुवामा...
-
प्रहरी हिरासतमा थुनुवाको मृत्यु
काठमाडौं । चितवनमा प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको हिरासत कक्षमा रहेका रत्ननगर...
-
सहकारी ठगीमा रविसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध एकै पटक पक्राउ पुर्जी जारी...