तनहुँका तीन लाख ४१ हजार पशुमा पूर्ण खोप लगाइँदै
काठमाडौं । पशुधनको सुरक्षा र उत्पादन वृद्धि गर्न तनहुँका १० वटै स्थानीय तहमा पूर्ण खोप अभियान सञ्चालन गरिएको छ । खोप अभियानको क्रममा जिल्लामा रहेका करिब तीन लाख ४१ हजार पशुलाई पूर्ण खोप लगाइने भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ ।
गण्डकी प्रदेश सरकारको सहयोगमा भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँमार्फत खोप अभियान कार्यक्रम सञ्चालन भइरहेको हो । पूर्ण खोप अभियानमा करिब तीन लाख ५० हजार पशुमा पूर्ण खोप लगाइने केन्द्रका प्रमुख डा राजेशकुमार चौधरीले जानकारी दिए । उनका अनुसार किसानको गोठमै पुगेर पशु चौपायाको तथ्याङ्क सङ्कलन गरिने र खोप लगाउनको लागि जिल्लामा ९२ जना प्राविधिकलाई तालिम दिएर खटाइएको छ ।
“पशुधनको सुरक्षा गरी उत्पादन वृद्धि गर्न हामीले किसानको गोठमै पुगेर खोप लगाउने कार्यक्रम सञ्चालन गरेका छौँ”, प्रमुख डा चौधरीले भने, “यस कार्यक्रमपछि किसान उत्साहित भएर हामीलाई सोधीखोजी गर्ने गरेको पाएका छौँ ।”
प्रदेश सरकारले पूर्ण खोपयुक्त बनाएर सङ्क्रात्मक रोग निर्मूल गर्ने योजनाअनुसार प्रदेशका ८५ वटै पालिकामा उक्त कार्यक्रम सञ्चालन गरिएको डा चौधरीले बताउनुभयो । खोप कार्यक्रमअन्तर्गत भैँसीलाई खोरेत र एचएसविक्यु, भेडाबाख्रामा पिपिआर र खोरेत, सुँगुर र बङ्गुरलाई हैजाविरुद्धको खोप दिइने छ ।
साथै गाई, भैँसीमा खोरेत, चरचरे, भ्यागुते र लम्पी स्किनविरुद्वको एक लाख १२ हजार डोज खोप, त्यसैगरी बाख्राको लागि पिपिआर खोप, सुँगुर, बङ्गुरमा खोरेतविरुद्धको खोप लगाउन दुई लाख मात्रा र क्लासिक स्वाइन फिवरका लागि १४ हजार मात्रा तथा कुकुर, बिरालोका लागि १५ हजार मात्रा खोप व्यवस्था गरिएको केन्द्रका पशु स्वास्थ्य प्राविधिक रुद्रसिं ठकुरीले जानकारी दिए। “हामीले खोप सामग्री सम्बन्धित पालिकासम्म पुर्याइसकेका छौँ”, उनले भने, “वैशाखमा सबै पशुमा खोप लगाउने अभियान तीव्र पारेका छौँ ।”
तनहुँको व्यास, भिमाद, शुक्लागण्डकी र भानु नगरपालिका र बन्दीपुर, आँबुखैरेनी, म्याग्दे, देवघाट, घिरिङ र ऋषिङ गाउँपालिकासँग समन्वय गरी खोप अभियानलाई तीव्र पारिएको केन्द्रले जनाएको छ ।
Comments
अरु समाचार
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












