तनहुँका तीन लाख ४१ हजार पशुमा पूर्ण खोप लगाइँदै
काठमाडौं । पशुधनको सुरक्षा र उत्पादन वृद्धि गर्न तनहुँका १० वटै स्थानीय तहमा पूर्ण खोप अभियान सञ्चालन गरिएको छ । खोप अभियानको क्रममा जिल्लामा रहेका करिब तीन लाख ४१ हजार पशुलाई पूर्ण खोप लगाइने भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ ।
गण्डकी प्रदेश सरकारको सहयोगमा भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँमार्फत खोप अभियान कार्यक्रम सञ्चालन भइरहेको हो । पूर्ण खोप अभियानमा करिब तीन लाख ५० हजार पशुमा पूर्ण खोप लगाइने केन्द्रका प्रमुख डा राजेशकुमार चौधरीले जानकारी दिए । उनका अनुसार किसानको गोठमै पुगेर पशु चौपायाको तथ्याङ्क सङ्कलन गरिने र खोप लगाउनको लागि जिल्लामा ९२ जना प्राविधिकलाई तालिम दिएर खटाइएको छ ।
“पशुधनको सुरक्षा गरी उत्पादन वृद्धि गर्न हामीले किसानको गोठमै पुगेर खोप लगाउने कार्यक्रम सञ्चालन गरेका छौँ”, प्रमुख डा चौधरीले भने, “यस कार्यक्रमपछि किसान उत्साहित भएर हामीलाई सोधीखोजी गर्ने गरेको पाएका छौँ ।”
प्रदेश सरकारले पूर्ण खोपयुक्त बनाएर सङ्क्रात्मक रोग निर्मूल गर्ने योजनाअनुसार प्रदेशका ८५ वटै पालिकामा उक्त कार्यक्रम सञ्चालन गरिएको डा चौधरीले बताउनुभयो । खोप कार्यक्रमअन्तर्गत भैँसीलाई खोरेत र एचएसविक्यु, भेडाबाख्रामा पिपिआर र खोरेत, सुँगुर र बङ्गुरलाई हैजाविरुद्धको खोप दिइने छ ।
साथै गाई, भैँसीमा खोरेत, चरचरे, भ्यागुते र लम्पी स्किनविरुद्वको एक लाख १२ हजार डोज खोप, त्यसैगरी बाख्राको लागि पिपिआर खोप, सुँगुर, बङ्गुरमा खोरेतविरुद्धको खोप लगाउन दुई लाख मात्रा र क्लासिक स्वाइन फिवरका लागि १४ हजार मात्रा तथा कुकुर, बिरालोका लागि १५ हजार मात्रा खोप व्यवस्था गरिएको केन्द्रका पशु स्वास्थ्य प्राविधिक रुद्रसिं ठकुरीले जानकारी दिए। “हामीले खोप सामग्री सम्बन्धित पालिकासम्म पुर्याइसकेका छौँ”, उनले भने, “वैशाखमा सबै पशुमा खोप लगाउने अभियान तीव्र पारेका छौँ ।”
तनहुँको व्यास, भिमाद, शुक्लागण्डकी र भानु नगरपालिका र बन्दीपुर, आँबुखैरेनी, म्याग्दे, देवघाट, घिरिङ र ऋषिङ गाउँपालिकासँग समन्वय गरी खोप अभियानलाई तीव्र पारिएको केन्द्रले जनाएको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...











