बेलौरीका किसानलाई कृषि सामग्री
काठमाडौं । बेलौरी नगरपालिकाका किसानलाई पचास प्रतिशत अनुदानमा कृषि सामग्री उपलब्ध गराइएको छ । नगरपालिकाको कृषि शाखाले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार वसन्ते मकैखेती गर्दै आएका किसानलाई बसन्ते मकैको बीउ, कृषि औजार सामग्री, मेसिनलगायत उपलब्ध गराइएको हो ।
नगर प्रमुख पोतिलाल चौधरीले वडा नं ६ मा रहेको बेलौरी बहुउद्देश्यीय कृषि सहकारी संस्थामार्फत सामग्री किसानलाई वितरण गरिएको बताउनुभयो ।
उहाँका अनुसार किसानलाई वसन्ते मकैखेती प्रवद्र्धनमा टेवा पुर्याउनका लागि पाँच क्विन्टल मकैको उन्नत बीउ, सिँचाइका लागि पाँचवटा विद्युतीय मोटर, खेतबारी जोत्नका लागि आठवटा मिनी टिलर, एक कल्टिभेटर, एक रोटाभेटर, मकैको दाना बनाउने कम्बाइ मेसिन एक र कर्न सेलर एक उपलब्ध गराइएको छ ।
यसैगरी, मकैको बीउ भण्डार गर्न सहजताका लागि ड्रम दुई, डेलभिरी पाइप तीन क्विन्टल, स्प्रे टङ्की चार थान किसानलाई अनुदानमा उपलब्ध गराइएको छ । नगरपालिकाको कृषि शाखाले किसानलाई उपलब्ध गराएको कृषि सामग्री खरिदका लागि रु नौ लाख ७५ हजार रकम खर्च गरेको छ । त्यतिकै रकम अनुदान लिने किसानले व्यहोरेका छन् ।
‘किसानलाई व्यावसायिक खेतीप्रति प्रोत्साहित गराउनका लागि अनुदानका कार्यक्रम सञ्चालन गरेका हौँ’, नगर प्रमुख चौधरीले भन्नुभयो, ‘प्रत्येक वर्ष विभिन्न बाली र तरकारीखेतीमा अनुदानका कार्यक्रम सञ्चालन गरी किसानलाई हौसला दिने कार्य हुँदै आएको छ ।’ अनुदान कार्यक्रमले किसानलाई व्यावसायिक बनाउन मद्दत पुर्याएको उहाँको भनाइ छ । नगरपालिकाका अनुदान पाउने किसानले २० बिघा बढी जग्गामा बसन्ते मकैखेती गरेका छन् ।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
वर्ल्डलिंकको ७ अर्ब कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने प्रयास !
काठमाडौं । नेपालका एक इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको सात अर्ब रूपैयाँ कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने कुटिल...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
खोटाङकाे खार्तम्छामा शव बाेकेकाे हेलिकप्टर दुर्घटना
विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।...
-
प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् ‘धन्यवाद पूजा’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि...












