बेलौरीका किसानलाई कृषि सामग्री
काठमाडौं । बेलौरी नगरपालिकाका किसानलाई पचास प्रतिशत अनुदानमा कृषि सामग्री उपलब्ध गराइएको छ । नगरपालिकाको कृषि शाखाले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार वसन्ते मकैखेती गर्दै आएका किसानलाई बसन्ते मकैको बीउ, कृषि औजार सामग्री, मेसिनलगायत उपलब्ध गराइएको हो ।
नगर प्रमुख पोतिलाल चौधरीले वडा नं ६ मा रहेको बेलौरी बहुउद्देश्यीय कृषि सहकारी संस्थामार्फत सामग्री किसानलाई वितरण गरिएको बताउनुभयो ।
उहाँका अनुसार किसानलाई वसन्ते मकैखेती प्रवद्र्धनमा टेवा पुर्याउनका लागि पाँच क्विन्टल मकैको उन्नत बीउ, सिँचाइका लागि पाँचवटा विद्युतीय मोटर, खेतबारी जोत्नका लागि आठवटा मिनी टिलर, एक कल्टिभेटर, एक रोटाभेटर, मकैको दाना बनाउने कम्बाइ मेसिन एक र कर्न सेलर एक उपलब्ध गराइएको छ ।
यसैगरी, मकैको बीउ भण्डार गर्न सहजताका लागि ड्रम दुई, डेलभिरी पाइप तीन क्विन्टल, स्प्रे टङ्की चार थान किसानलाई अनुदानमा उपलब्ध गराइएको छ । नगरपालिकाको कृषि शाखाले किसानलाई उपलब्ध गराएको कृषि सामग्री खरिदका लागि रु नौ लाख ७५ हजार रकम खर्च गरेको छ । त्यतिकै रकम अनुदान लिने किसानले व्यहोरेका छन् ।
‘किसानलाई व्यावसायिक खेतीप्रति प्रोत्साहित गराउनका लागि अनुदानका कार्यक्रम सञ्चालन गरेका हौँ’, नगर प्रमुख चौधरीले भन्नुभयो, ‘प्रत्येक वर्ष विभिन्न बाली र तरकारीखेतीमा अनुदानका कार्यक्रम सञ्चालन गरी किसानलाई हौसला दिने कार्य हुँदै आएको छ ।’ अनुदान कार्यक्रमले किसानलाई व्यावसायिक बनाउन मद्दत पुर्याएको उहाँको भनाइ छ । नगरपालिकाका अनुदान पाउने किसानले २० बिघा बढी जग्गामा बसन्ते मकैखेती गरेका छन् ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...











