जुवातास खेलाउने अभियुक्तलाई सामान्य धरौटीमा छुटाउने खेल, अभियुक्तले किर्ते नागरिकता समेत लिएको खुलासा
काठमाडौं । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको गत असोज ४ गते काठमाडौं महानगरपालिका वडा नं ६ बौद्वको फुलवारी मार्गमा रहेको पुष्पा लामाको घरको दोस्रो तलामा सोनाम तामाङ समेतले सञ्चालन गरेको गेम जोन लेखिएको सटरमा फिस सुट गेममा रकमको हारजित हुने गरि गेम खेल्ने खेलाउने गरेको गोप्य सुचनाका आधारमा टोलीले गत असोज ४ गते शुक्रबार फिस सुट गेम खेल्ने उपकरण एक थान, नेपाली मुद्रा १२ लाख १ हजार,चिनियाँ मुद्रा ३ हजार १ सय येन,अमेरिकी डलर २ हजार र ७ थान मोवाइल सहित तिब्बत आम्दो घरभई काठमाडौं महानगरपालिका ६ बौद्व फुलबारी बस्ने तिब्बति मुलका टासीका छोरा वर्ष २४ का सोनाम तामाङ भनिने सोनाम, भारतको बिहार बेङलोरू घर भई बौद्धको टुसालमा बस्दै आएका जाम्पा खेदुप, चीनको स्वशासित प्रदेश तिब्बतको ल्हासा घर भई बौद्धको तीनचुलीमा बस्दै आएका झान्तेनका छोरा वर्ष ३० को नोर्बु साम्देन, तिब्बत सिंगाचे घरभई बौद्व टुसाल बस्ने तेन्जिङ साङपोको छोरा चिनियाँ नागरिक दासाङ पक्राउ परेका थिए ।
यसैगरि चीनको सिचुवा प्रदेश सिनिउ टाउन घरभई काठमाडौं महानगरपालिका २७ बस्ने चिनियाँ नागरिक वीई वाङ चेङको छोरा वर्ष ४७ को नागरिक वीई चुङ लिङ, बौद्धको सिमलटार बस्ने टासी शेर्पाका पाको छोरा वर्ष २८ को तेन्जिङ नोर्बु शेर्पा र सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थङपाल गाउँपालिका ४ घरभई हाल काठमाडौं महानगरपालिका ६ तिनचुली बस्ने बुलबुले लामाको छोरा वर्ष ३५ को लोप्साङ लामालाई प्रहरीले पक्राउ गरेको थियो।
यसरी समातिएका सातै जनालाई कार्यालयले आवश्यक छानवीन अनुसन्धान गरि गत असोज ६ गते प्रहरी परीसर काठमाडौंलाई थप अनुसन्धान र कारवाहीका लागि पठाएको थियो । उनीहरूमाथि काठमाडौं प्रहरीको टोलीले थप अनुसन्धान अघि कारवाही अगाडि बढाएको छ। जिल्ला प्रशासन कार्यालयमा म्याद थप गरि मुद्दा चलाउन लागेको छ। जुवाडे अभियुक्तहरूका परिवारका सदस्य,प्रहरी र जिल्ला प्रशासन कार्यालय काठमाडौंका कर्मचारीहरूको सेटिङमा अभियुक्त सबैलाई सामान्य धरौटी रकम लिएर तारेखमा छाडने तयारी भैरहेको छ। अभियुक्तहरूले बौद्व एरियामा नियमित तासजुवा र फिस सुट गेम खेलाएर युवाहरूलाई बिगार्ने, उनीहरूलाई जुवातास र गेमको लत लगाएर एकैछिनमा लाखौ रकम लुटने धन्दा सञ्चालन गर्दै आएकाले यिनीहरूलाई पुर्पक्षका लागि थुनछेकमा नै राखेर मुद्दाको कारवाही अगाडि बढाउनुपर्ने जुवातास र फिस सुट गेमबाट पिडित घर परिवारका सदस्यहरूले बताएका छन।
तिब्बतियन सोनामको किर्ते नागरिकता
जुवातास र फिस सुट गेम खेलाएको अभियोगमा छापा मारेर पक्राउ गरिएका सात जना अभियुक्त माथि प्रारम्भिक अनुसन्धान गर्दा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक रोशन खड्काको टोलीले सात जनाकै नागरिकता शंका लागेर सोधपुछ गर्दा तिब्बती मूलका सोनाम तामाङ भनिने सोनामको नागरिकता जिल्ला प्रशासन कार्यालय धादिङबाट फर्जि कागजातको आधारमा किर्ते जारी भएको पाइएको कार्यालयका सुचना अधिकारी एसपी काजी कुमार आचार्य निकट स्रोतले बताएको छ ।
डीएसपी खड्काको टोली सोनामको किर्ते नागरिकता बनाउने गिरोहसम्म पुगेर अभियुक्तहरूलाई पक्राउ गर्न सफल भएको छ । प्रहरीले सोनामको किर्ते नागरिकता बनाउने गिरोहका चार जना सदस्यलाई समेत पक्राउ गरेको छ । यसरी पक्राउ गरिएका अभियुक्तहरूमा धादिङको खनियाबास गाउँपालिका ५ का रामेश्वर रिजाल, धादिङकै नेत्रावती डबजोङ गाउँपालिका १ का मदन तामाङ, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ का छिरिङ वाङदिङ शेर्पा र बौद्धमा बस्दै आएका तिब्बती मूलका छिरिङ ढुङडुप रहेका छन् । प्रहरीले उनीहरू चारै जनालाई थप अनुसन्धानका निम्ति जिल्ला प्रहरी कार्यालय धादिङमा पठाएको कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिएका छन । धादिङ प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ ।
चार लाख रूपैयाँ बुझाएका तिब्बती नागरिक सोनाम तामाङलाई छिरिङ ढुङडुपले धादिङ सिडिओ कार्यालयबाट फर्जि कागजातका आधारमा किर्ते नागरिकता घरमै
ल्याइदिएको रहस्य खुलेको थियो। चिनियाँ नागरिक दासाङले खोलेको उक्त जुवाघर सञ्चालनको जिम्मा सोनामले पाएका थिए ।
सोही जुवाघर सञ्चालन गर्दा सोनामको भेट तिब्बती मूलका शरणार्थी छिरिङ ढुङडुपसँग भएको थियो । सोनामले आफूलाई नेपालमा थप व्यवसाय गर्न नेपाली नागरिकता आवश्यक रहेको ढुङडुपलाई बताएपछि ढुङडुपले नागरिकता चाहिने भए ४ लाख रूपैयाँ चाहिन्छ,नेपाली असली नागरिकता ल्याइ दिन्छु भनपछि नागरिकता बनाउन सोनामले उक्त रकम ढुङडुपलाई दिएका थिए । त्यसपछि ढुङडुपले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ घरभई बौद्व बस्ने छिरिङ वाङदिङ शेर्पासँग सम्पर्क गरेका थिए।
ढुङडुपले सोनामले दिएको चार लाखमध्ये ५० हजार रुपैयाँ आफूले राखेर तीन लाख ५० हजार शेर्पालाई दिएका थिए । शेर्पाले सोनामको नागरिकता सिन्धुपाल्चोकबाटै बनाउने प्रयास गरेको तर, सिन्धुपाल्चोकबाट नागरिकता बनाउन नसकेपछि उनले धादिङका रामेश्वर रिजाललाई प्रयोग गरेका थिए । शेर्पाले सोनामको नागरिकता बनाउन पाएको तीन लाख ५० हजारमध्ये ५० हजार आफूले राखेर फोटो, नाम, कागजात र तीन लाख रुपैयाँ सहित रिजाललाई बुझाएका थिए ।
रिजालले आफ्नो गाउँपालिकाबाट सोनामको नागरिकता बनाउन सम्भव नदेखेपछि नेत्रावती डबजोङ गाउँपालिका १ का मदन तामाङलाई जिम्मा लगाएका थिए । त्यसका निम्ति रिजालले एक लाख राखेर दुई लाख रुपैयाँ तामाङलाई बुझाएका थिए । उक्त वडा हुँदै जिल्ला प्रशासन कार्यालय धादिङका कर्मचारीलाई समेत प्रभावमा पारेर तामाङ सोनामको नागरिकता बनाउन सफल भएको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ ।
सोनाम तामाङ नागरिकता लिन समेत धादिङ गएका थिएनन् । बौद्धस्थित उनकै कोठासम्म नागरिकता पुर्याइएको रहस्य प्रहरीले अनुसन्धानका क्रममा खोलेको छ । सोही नागरिकताका आधारमा सोनामले राष्ट्रिय परिचयपत्र र नेपाली पासपोर्ट समेत लिइसकेका छन् । किर्ते नागरिकता प्रकरणमा जोडिएका जिल्ला प्रशासन कार्यालय धादिङका कर्मचारीदेखि वडा कार्यालयबाट सिफारिस गर्ने जनप्रतिनिधिमाथि समेत प्रहरीले अनुसन्धान गरिरहेको छ । सोनामले नेत्रावती डबजोङ गाउँपालिका १ बाट सोनाम तामाङका नाममा २०८१ जेठ ६ गते २६–०१–८१–०३२१७ नम्बरको नागरिकता प्राप्त गरेका छन् । नागरिकतामा उनको बुवाको नाम हर्कमान तामाङ लेखिएको प्रहरी स्रोतले बताएको छ। यति गम्भीर अपराधमा समेत मुछिएका जुवाडेहरूलाई सामान्य धरौटी रकम लिएर छाडनु नहुने जुवातासबाट पिडित परिवारका सदस्यहरूले माग गरेका छन।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...












