पहिरोमा परि सिन्धुपाल्चोकमा ७ जनाको मृत्यु
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोमा परि सिन्धुपाल्चोकमा ७ जनाको मृत्यु भएको छ ।
शनिवार बिहान २ बजे लिसंखुपाखर गाउँपालिकामा पहिरोले एक घर बगाउँदा ७२ वर्षीय काजीबहादुर लामा र उनकी धर्मपत्नी सुन्तली तामाङको घटनास्थलमै मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । त्यस्तै आज दिउँसो सोही वडाकी तृष्णा मोक्तानको घर पहिरोले बगाउँदा मोक्तान र उनका एक छोरा र एक छोरी गरी तीनै जनाको मृत्यु भएको छ ।
सुनकोसी गाउँपालिका सुकुटे स्थित सिन्धु बीच रिसोर्टमा गएको पहिरोमा परि एक कोरियन नागरिकसहित दुई जनाको मृत्यु भएको छ । उता, जुगल गाउँपालिका–१ मा पहिरोले ३ घर बगाउँदा ४ जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।
जिल्लाका अधिकांश सडक पहिरोको कारण अवरुद्ध भएका छन् । भोटेकोसी गाउँपालिका, लार्चास्थित बेलिब्रिज भोटेकोशी नदीको बाढीले बगाउँदा तातोपानी नाकासँगको सम्पर्क बिच्छेद भएको छ ।
बन्देउदेखि सदरमुकाम चौतारा जाने २६ किलोमिटर सडकमा झण्डै २६ ठाउँमा पहिरो गएको छ । जसका कारण सडक पूर्णतः अवरुद्ध भएको प्रहरीले जनाएको छ । बलेफी–जलबीरे, मेलम्ची–हेलम्बु र पाँचपोखरी जाने मुख्य सडकहरू पहिरोका कारण अवरुद्ध भएका छन् ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...











