पहिरोमा परि सिन्धुपाल्चोकमा ७ जनाको मृत्यु
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोमा परि सिन्धुपाल्चोकमा ७ जनाको मृत्यु भएको छ ।
शनिवार बिहान २ बजे लिसंखुपाखर गाउँपालिकामा पहिरोले एक घर बगाउँदा ७२ वर्षीय काजीबहादुर लामा र उनकी धर्मपत्नी सुन्तली तामाङको घटनास्थलमै मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । त्यस्तै आज दिउँसो सोही वडाकी तृष्णा मोक्तानको घर पहिरोले बगाउँदा मोक्तान र उनका एक छोरा र एक छोरी गरी तीनै जनाको मृत्यु भएको छ ।
सुनकोसी गाउँपालिका सुकुटे स्थित सिन्धु बीच रिसोर्टमा गएको पहिरोमा परि एक कोरियन नागरिकसहित दुई जनाको मृत्यु भएको छ । उता, जुगल गाउँपालिका–१ मा पहिरोले ३ घर बगाउँदा ४ जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।
जिल्लाका अधिकांश सडक पहिरोको कारण अवरुद्ध भएका छन् । भोटेकोसी गाउँपालिका, लार्चास्थित बेलिब्रिज भोटेकोशी नदीको बाढीले बगाउँदा तातोपानी नाकासँगको सम्पर्क बिच्छेद भएको छ ।
बन्देउदेखि सदरमुकाम चौतारा जाने २६ किलोमिटर सडकमा झण्डै २६ ठाउँमा पहिरो गएको छ । जसका कारण सडक पूर्णतः अवरुद्ध भएको प्रहरीले जनाएको छ । बलेफी–जलबीरे, मेलम्ची–हेलम्बु र पाँचपोखरी जाने मुख्य सडकहरू पहिरोका कारण अवरुद्ध भएका छन् ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...












