धवलागिरिमा ज्यान गुमाएका पर्वतारोहीको शव सङ्कलन गरी काठमाडौँ ल्याइयो
काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीस्थित आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना रुसी पर्वतारोहीको शव सङ्कलन गरी काठमाडौँ लगिएको छ ।
बुधबार बिहान एभरेस्ट एयरको हेलिकोप्टरबाट पुगेको उद्धार टोलीले घटनास्थलबाट शव सङ्कलन गरी आधारशिविरमा ल्याएको थियो । हिमाल आरोहणका क्रममा एक सातअघि सात हजार एकसय मिटर उचाइमा मृत अवस्थामा भेटिएका पर्वतारोहीको शव सङ्कलन गरी काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार हेलिकोप्टरबाट हिमालमा पुगेका शेर्पाको टोलीले घटनास्थलबाट शव सङ्कलन गरेको हो । कठिन भूगोल र प्रतिकुल मौसमका कारण एक हप्तादेखि शव उठाउन सकिएको थिएन । सेभेन समित ट्रेकका सञ्चालक मिङ्मा शेर्पाको नेतृत्वमा पाँच जना शेर्पाको टोली शव उठाउन खटिएको प्रनाउ श्रेष्ठले जानकारी दिए । उनले भने, “बुधबार बिहान हेलिकोप्टरमा पुगेका शेर्पासहितको उद्दार टोलीले घटनास्थलबाट इटाली आधार शिविरमा पाँच जना आरोहीको शव सङ्कलन गरेको हो । सङ्कलन भएका शव आधार शिविरमा ल्याएर हेलिकोप्टरबाट काठमाडौँ लगिएको छ ।” उद्धारकर्ताहरू हेलिकोप्टरबाट डोरीमा झुन्डिएर शव भएको ठाउँमा पुगेको उनले बताए । अत्यन्तै जोखिम मोलेर उद्धार टोलीले शव सङ्कलन गरेको उनको भनाइ थियो ।
आधार शिविरको हाइक्याम्पमा बास बसेर धवलागिरि आरोहणका लागि गएका उनीहरू सात हजार सात सय मिटरको उचाइबाट यही असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए । प्रहरीका अनुसार रुसी अलेक्जेन्डर दुसेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो ।
Comments
अरु समाचार
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












