धवलागिरिमा ज्यान गुमाएका पर्वतारोहीको शव सङ्कलन गरी काठमाडौँ ल्याइयो
काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीस्थित आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना रुसी पर्वतारोहीको शव सङ्कलन गरी काठमाडौँ लगिएको छ ।
बुधबार बिहान एभरेस्ट एयरको हेलिकोप्टरबाट पुगेको उद्धार टोलीले घटनास्थलबाट शव सङ्कलन गरी आधारशिविरमा ल्याएको थियो । हिमाल आरोहणका क्रममा एक सातअघि सात हजार एकसय मिटर उचाइमा मृत अवस्थामा भेटिएका पर्वतारोहीको शव सङ्कलन गरी काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार हेलिकोप्टरबाट हिमालमा पुगेका शेर्पाको टोलीले घटनास्थलबाट शव सङ्कलन गरेको हो । कठिन भूगोल र प्रतिकुल मौसमका कारण एक हप्तादेखि शव उठाउन सकिएको थिएन । सेभेन समित ट्रेकका सञ्चालक मिङ्मा शेर्पाको नेतृत्वमा पाँच जना शेर्पाको टोली शव उठाउन खटिएको प्रनाउ श्रेष्ठले जानकारी दिए । उनले भने, “बुधबार बिहान हेलिकोप्टरमा पुगेका शेर्पासहितको उद्दार टोलीले घटनास्थलबाट इटाली आधार शिविरमा पाँच जना आरोहीको शव सङ्कलन गरेको हो । सङ्कलन भएका शव आधार शिविरमा ल्याएर हेलिकोप्टरबाट काठमाडौँ लगिएको छ ।” उद्धारकर्ताहरू हेलिकोप्टरबाट डोरीमा झुन्डिएर शव भएको ठाउँमा पुगेको उनले बताए । अत्यन्तै जोखिम मोलेर उद्धार टोलीले शव सङ्कलन गरेको उनको भनाइ थियो ।
आधार शिविरको हाइक्याम्पमा बास बसेर धवलागिरि आरोहणका लागि गएका उनीहरू सात हजार सात सय मिटरको उचाइबाट यही असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए । प्रहरीका अनुसार रुसी अलेक्जेन्डर दुसेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो ।
Comments
अरु समाचार
-
महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दै
काठमाण्डौ।आईसीसी १९ वर्ष मूनीको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दैछ । यूएईको सेभेन्स स्टेडियममा खेल नेपाली समयअनुसार...
-
डेडिकेटेड र ट्रंक लाइन महसुल विवादबारेमा लाल आयोगको प्रतिवेदनमा के छ ?
काठमाण्डौ । सरकारले डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादसम्बन्धमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको समितिको प्रतिवेदन सार्वजनिक गरेको छ...
-
तेस्रो एकदिवसीय खेलमा अफगानिस्तानले शृङ्खला जित्यो
काठमाडौं । अफगानिस्तानले बंगलादेशविरुद्धको तेस्रो एकदिवसीय खेलमा पाँच विकेटको जित हात पारेको छ। अन्तिम खेलमा पाएको सफलतासँगै अफगानिस्तानले शृङ्खला २-१...
-
राउटेको जनसङ्ख्या १ सय ३५ मा झर्यो, अस्तित्व नै सङ्कटमा
सुर्खेत । राउटे समुदायको जनसङ्ख्या एक सय ३५ जनामा झरेको छ । २०७५ सालमा एक सय ४९ जना रहेको राउटेको...
-
मन्त्रालयले पत्र पठाएपछि बक्यौता महसुल उठाउन प्राधिकरणलाई थप सजिलो
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ट्रंक तथा डेडिकेटेड महशुल बक्यौता ‘टाइम अफ द डे’(टीओडी) मिटरका आधारमा उठाउन नेपाल...
-
अख्तियार ऐन संशोधन विधेयक चाँडै संसदमा लैजाने तयारी
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयक चाँडै संसदमा लैजाने...
-
उद्योगमा काटिएको बिजुली आज मध्यान्ह १२ बजेसम्म जोड्न सरकारको निर्देशन
काठमाण्डौ । सरकारले उद्योगमा काटिएको बिजुली आज सोमवार मध्यान्ह १२ बजेसम्म जोड्न निर्देशन दिएको छ । हिजो आइतवार बेलुका बसेको...
-
आजबाट कोप–२९ सुरु : नेपालले दिँदै जलवायुजन्य जोखिमका उदाहरण
काठमाडौँ : गत साउन ३२ गतेको दिउँसो, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा अचानक लेदोसहितको बाढी आयो । स्थानीयले एक्कासी बाढी...
-
यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर
काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...