सुरक्षासम्बन्धी समाचारमा पत्रकार शिव भट्टराईको उच्च योगदान, कदरपत्रसहित प्रहरीले गर्यो सम्मान
मोरङ। ६९ औं प्रहरी दिवसको अवसरमा नेपाल प्रहरीलाई अपराध अनुशन्धानमा पुर्याएको योगदानको उच्च मुल्याङकन गर्दै सुन्दरहरैंचा अपडेटका प्रवन्ध निर्देशक शिव भट्टराई भोजपुरे सम्मानित हुनु भएको छ । विराटनगरमा आयोेजित एक कार्यक्रममामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सञ्चारकर्मी भट्टराईलाइ कदरपत्रसहित सम्मान गर्नु भएको हो । आफूलाई सम्मान गरेकोमा कोशी प्रदेश प्रहरी कार्यालयलाई सञ्चारकर्मी भट्टराईले धन्यवाद दिनु भएको छ । यस सम्मानले आगामी दिनमा पनि समाजको लागि उर्जाशील भएर काम गर्ने हौसला मिलेको भट्टराईले जनाउनु भएको छ । भट्टराई भन्नुहुन्छ,“प्रहरी कार्यालयले सुरक्षासम्बन्धी क्षेत्रमा गरेको योगदानको कदर गर्दै आफूलाई गरेको सम्मानले अझ समाजमा सत्यको प्रचार र अनुसन्धानात्मक पत्रकारितालाई प्रोत्साहन दिएको छ।”
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा कोशी प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी कार्यालयहरुमा असोज ३० गते विविध कार्यक्रमहरुको आयोजना गरी “६९ औ प्रहरी दिवस २०८१” भव्यताका साथ मनाइएको थियो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर परिसरमा आयोजित विशेष कार्यक्रम कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको प्रमुख आतिथ्य एवं आन्तरिक मामिला तथा कानून मन्त्री लिला वल्लभ अधिकारीको बिशेष आतिथ्यमा संचालन भएको थियो । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी दिवसको अवसरमा सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई दिनु भएको शुभकामना सन्देश कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले वाचन गर्नु भएको थियो भने उपस्थित प्रमुख अतिथिलगायत सम्पूर्णमा स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रहरी कार्यालयको लागि निःशुल्क जग्गा उपलव्ध गराउनु हुने जग्गा दाताहरु, प्रहरी कार्यमा सहयोग पुर्याउनेहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, बिधागत पुरस्कारका संस्थापकहरुलाई सम्मान गर्नु भएको थियो । साथै उहाँले विभिन्न विधामा उत्कृष्ट हुने प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो । पुरस्कार बितरण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले अमर प्रहरीहरु प्रति श्रद्धासुमन अर्पण गर्नुका साथै दिवंगत परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्नु भयो । उहाँले साधन स्रोत तथा भौतिक संरचनाको अभावमा समेत जनताको जिउ धनको सुरक्षा तथा समाजमा शान्ति सुरक्षा कायम राख्ने कार्यमा नेपाल प्रहरीले विशिष्ट भूमिका निर्वाह गर्दै आएकोमा सम्पूर्ण प्रहरीहरुलाई सम्मान तथा आदरभाव प्रकट गर्नुका साथै आगामी दिनमा प्रहरीलाई श्रोत साधन सम्पन्न बनाउने प्रतिवद्धता जनाउनु भयो ।
उक्त कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री मान लिलावल्लभ अधिकारीले परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउन सफल बहालवाला प्रहरी, पूर्व प्रहरी तथा अमर प्रहरी परिवारका जेहेन्दार सन्ततीहरुलाई नगद तथा सम्मान–पत्र प्रदान गर्नु भएको थियो ।कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री कार्कीलाई कोशी प्रदेश प्रहरी कार्यालयको तर्फबाट नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटाले कृतज्ञताको चिन्हो ९अफ ग्राटिच्युट० प्रदान गर्नु भएको थियो ।यस्तै उहाँले प्रमुख अतिथि लगायत सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री लिलावल्लभ अधिकारी, बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला र कोशी प्रदेश सरकारका प्रमुखसचिव केदारनाथ शर्माले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा प्रदेश सरकारका उच्च पदस्थ कर्मचारीहरु,अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु,सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु,जन प्रतिनिधिहरु,समाजसेवी,अमर प्रहरी परिवारजनहरु,पूर्व प्रहरीहरु,सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरु,सञ्चारकर्मीहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











