सुरक्षासम्बन्धी समाचारमा पत्रकार शिव भट्टराईको उच्च योगदान, कदरपत्रसहित प्रहरीले गर्यो सम्मान
मोरङ। ६९ औं प्रहरी दिवसको अवसरमा नेपाल प्रहरीलाई अपराध अनुशन्धानमा पुर्याएको योगदानको उच्च मुल्याङकन गर्दै सुन्दरहरैंचा अपडेटका प्रवन्ध निर्देशक शिव भट्टराई भोजपुरे सम्मानित हुनु भएको छ । विराटनगरमा आयोेजित एक कार्यक्रममामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सञ्चारकर्मी भट्टराईलाइ कदरपत्रसहित सम्मान गर्नु भएको हो । आफूलाई सम्मान गरेकोमा कोशी प्रदेश प्रहरी कार्यालयलाई सञ्चारकर्मी भट्टराईले धन्यवाद दिनु भएको छ । यस सम्मानले आगामी दिनमा पनि समाजको लागि उर्जाशील भएर काम गर्ने हौसला मिलेको भट्टराईले जनाउनु भएको छ । भट्टराई भन्नुहुन्छ,“प्रहरी कार्यालयले सुरक्षासम्बन्धी क्षेत्रमा गरेको योगदानको कदर गर्दै आफूलाई गरेको सम्मानले अझ समाजमा सत्यको प्रचार र अनुसन्धानात्मक पत्रकारितालाई प्रोत्साहन दिएको छ।”

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा कोशी प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी कार्यालयहरुमा असोज ३० गते विविध कार्यक्रमहरुको आयोजना गरी “६९ औ प्रहरी दिवस २०८१” भव्यताका साथ मनाइएको थियो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर परिसरमा आयोजित विशेष कार्यक्रम कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको प्रमुख आतिथ्य एवं आन्तरिक मामिला तथा कानून मन्त्री लिला वल्लभ अधिकारीको बिशेष आतिथ्यमा संचालन भएको थियो । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी दिवसको अवसरमा सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई दिनु भएको शुभकामना सन्देश कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले वाचन गर्नु भएको थियो भने उपस्थित प्रमुख अतिथिलगायत सम्पूर्णमा स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रहरी कार्यालयको लागि निःशुल्क जग्गा उपलव्ध गराउनु हुने जग्गा दाताहरु, प्रहरी कार्यमा सहयोग पुर्याउनेहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, बिधागत पुरस्कारका संस्थापकहरुलाई सम्मान गर्नु भएको थियो । साथै उहाँले विभिन्न विधामा उत्कृष्ट हुने प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो । पुरस्कार बितरण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले अमर प्रहरीहरु प्रति श्रद्धासुमन अर्पण गर्नुका साथै दिवंगत परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्नु भयो । उहाँले साधन स्रोत तथा भौतिक संरचनाको अभावमा समेत जनताको जिउ धनको सुरक्षा तथा समाजमा शान्ति सुरक्षा कायम राख्ने कार्यमा नेपाल प्रहरीले विशिष्ट भूमिका निर्वाह गर्दै आएकोमा सम्पूर्ण प्रहरीहरुलाई सम्मान तथा आदरभाव प्रकट गर्नुका साथै आगामी दिनमा प्रहरीलाई श्रोत साधन सम्पन्न बनाउने प्रतिवद्धता जनाउनु भयो ।
उक्त कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री मान लिलावल्लभ अधिकारीले परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउन सफल बहालवाला प्रहरी, पूर्व प्रहरी तथा अमर प्रहरी परिवारका जेहेन्दार सन्ततीहरुलाई नगद तथा सम्मान–पत्र प्रदान गर्नु भएको थियो ।कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री कार्कीलाई कोशी प्रदेश प्रहरी कार्यालयको तर्फबाट नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटाले कृतज्ञताको चिन्हो ९अफ ग्राटिच्युट० प्रदान गर्नु भएको थियो ।यस्तै उहाँले प्रमुख अतिथि लगायत सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री लिलावल्लभ अधिकारी, बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला र कोशी प्रदेश सरकारका प्रमुखसचिव केदारनाथ शर्माले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा प्रदेश सरकारका उच्च पदस्थ कर्मचारीहरु,अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु,सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु,जन प्रतिनिधिहरु,समाजसेवी,अमर प्रहरी परिवारजनहरु,पूर्व प्रहरीहरु,सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरु,सञ्चारकर्मीहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।



Comments
अरु समाचार
-
अमेरिका बस्ने वडाध्यक्ष पार्टीबाट निलम्बित
काठमाडौं । अमेरिका बस्दै आएका एक वडाध्यक्षलाई नेकपा माओवादी केन्द्रले जिम्मेवारीबाट अनिश्चितकालका लागि निलम्बन गरेको छ । खोटाङको साकेला गाउँपालिका–४...
-
संखुवासभामा राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता हुने
काठमाडौं । संखुवासभा जिल्लाको मादी नगरपालिकामा चौथो मादी राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ। मादी नगपालिकाको आयोजनामा फागुन...
-
उदयपुरमा बोलेरोको ठक्करबाट दिदीबहिनीको मृत्यु
काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका-१२ डीएमगेटमा बिहीबार साँझ गाडीको ठक्करबाट एकै घरका दिदीबहिनीको घटनास्थलमै मृत्यु भएको छ । त्रियुगा-११ डीएमगेटबाट...
-
आजबाट होली सुरु
काठमाडौं । आजबाट रङ्गहरूको पर्वले चिनिने होली सुरु भएको छ । आज बिहान काठमाडौंको वसन्तपुरमा चीर ठड्याइएपछि विधिवत रुपमा होली...
-
सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना हुँदै
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना गर्ने भएको...
-
भद्रपुर नगरपालिकाद्धारा उन्नत जातका तरकारीका बेर्ना वितरण
काठमाडौं । झापाको भद्रपुर नगरपालिकाले उन्नत जातका तरकारीका बेर्ना ८५ प्रतिशत अनुदानमा वितरण गरेको छ । तरकारीको बीउको सट्टा बेर्ना...
-
खाँदबारीमा एक महिलाको शव फेला
काठमाडौं । सङ्खुवासभाको खाँदबारी नगरपालिका–८ पिप्लेमा एक महिलाको शव फेला परेको छ । खाँदबारी–८ पिप्लेस्थित आदर्श टोलमा ३० वर्षीया यमकुमारी...
-
मलाई स्पष्टीकरण सोध्ने अधिकार ऊर्जा मन्त्रालयसँग छैन : कुलमान घिसिङ
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई पदबाट हटाउने र स्पष्टीकरण सोध्ने अधिकार ऊर्जा, जलस्रोत तथा सिँचाइ...
-
सुख्खा पहिरोका कारण अवरुद्ध भोटखोला सडक सुचारु
काठमाडौं । सुख्खा पहिरो खसेर अवरुद्ध भएको सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला सडक दुई दिनपछि सुचारु भएको छ । कोशी राजमार्ग...