ताजा समाचार

वृद्ध महिलाको हत्यामा संलग्न भएको आरोपमा एक महिला पक्राउ

काठमाडौं । वृद्ध महिलाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रिव्दीकोट गाउँपालिका–५, हर्केखर्क बस्ने ५४ वर्षीया निरा कुमारी लम्तरी रहेको प्रहरीले जनाएको छ ।

वि.स.२०७९ असार ३१ गते घर नजिकैको जङ्गलमा दाउरा खोज्न गएकी रिब्दीकोट–५, कुसुमखोलाकी ७८ वर्षीया भुमकुमारी आले मृत फेला परेकी थिईन । बिहान दाउरा खोज्न जङ्गलमा गएकी आले बेलुकी हर्केखर्क जङ्गलमा मृत फेला परेका थिइन् ।

सो घटनामा संलग्न रहेको भन्दै प्रहरीले लम्तरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । अढाई वर्षदेखि अनुसन्धान भइरहेको अवस्थामा पीडित परिवारले किटानी जाहेरी दिएपछि लम्तरीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक चन्दले जानकारी दिएका छन् ।

त्यति बेला मृत महिलाको निधारमा चोट देखिएको र हत्या भएको हुनसक्ने स्थानीय बासिन्दाले आशङ्का गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org