मकवानपुरबाट २ सय १२ किलोग्राम गाँजा बरामद
काठमाडौं । मकवानपुर प्रहरीले ठुलो परिमाणको लागूऔषध गाँजासहित बोलेरो गाडीलाई नियन्त्रणमा लिएको छ । मकवानपुरको कैलाश गाउँपालिकाबाट मनहरी गाउँपालिकातर्फ आउँदै गरेको बा १० च ७७५८ नम्वरको बोलेरो गाडीबाट २ सय १२ किलोग्राम लागूऔषध गाँजा बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले राक्सिराङ गाउँपालिका–५, चैनपुरमा बोलेरो पिक गाडीलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बोलेरोमा सवार २ जना भने प्रहरीलाई देखेपछि गाडी छाडेर फरार भएका छन् ।
फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गर्न सकेन । फरार भएका व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो । प्रहरीले तत्कालै स्थानीय मानिसहरूको रोहवरमा खानतलासी गर्दा उक्त गाडीको पछाडि ढालाको भागमा लुकाई छिपाई गरी ल्याइएको अवस्थामा गाँजा बरामद भएको हो ।
मकवानपुर प्रहरीले चालु आर्थिक वर्षको पुस अन्तिमसम्म तीन हजार २९४ किलो गाजा, तीन किलो अफिम, २५७ ग्राम खैरो हेरोइन, ५१ किलो चरेस, २० बोतल चरेस, ५५ ट्याब्स नाईट्रा भेट, एकहजार ४७५ एम्पुल डाईजपाम बरामद गरेको छ । प्रहरीले लागूऔषधसहित लागूऔषध ओसारपसारमा संलग्न १७ थान सवारी साधन र सोही अवधिमा लागूऔषधसहित पक्राउ परेका १०१ जनामध्ये ७० जनालाई मुद्दा दर्ता गरेको हो ।
प्रहरीले स्वदेशी नागरिक ८७ जना पुरुष र ५ महिला सहित ८ पुरुष र एक महिला विदेशी नागरिकलाई लागूऔषधसहित पक्राउ गरेको थियो । लागूऔषधको ट्रान्जिट पोइन्ट बनेको मकवानपुरमा प्रहरीले दिनहुँजस्तो लागूऔषधसहित मानिस पक्राउ गदै आएको छ । लागूऔषध ओसारपसारमा भरिया मात्रै पक्राउ पर्दै आएका छन् भने मुख्य नाइके र कारोबारीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











