नगरपालिकाका अधिकृत दिनेश कट्टेलद्वारा दशनामी समाजको अपमान, शीघ्र कारबाही गर्न माग
खाँदबारी । नेपाल दशनामी समाज जिल्ला कार्यसमिति संखुवासभाले खाँदबारी नगरपालिकाका प्रशासकीय अधिकृत एवम् सूचना अधिकारी दिनेश कट्टेललाई कारबाही गर्न माग गरेको छ । प्रशासकीय अधिकृत कट्टेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेको अपमानजनक शब्दले दशनामी समाज मर्माहत भएको भन्दै जिल्ला कार्यसमितिका अध्यक्ष इन्द्र गिरी र सेरबहादुर वन (सन्यासी) ले आक्रोश व्यक्त गरेका छन् ।
जिल्लाको चाँदवारी नगरपालिका वडा नं. ९ मा बसोबास भई हाल संखुवासभा नगरपालिकाका जिम्मेवार पदाधिकारी कट्टेलले दशनामी समाजका देवराज पुरीले फेसबुकमा लेखेको स्टाटमा केन्द्रित हुँदै दशनामी समाजप्रति तल्लो स्तरको शब्द लेख्दै ‘अपमानजनक टिप्पणी’ गरेका छ्न् । यस्ता अराजक गतिविधिमा संलग्न कट्टेलमाथि कडा कानुनी कारबाही गर्न समाजले खाँदबारी नगरपालिका, जिल्ला प्रशासन कार्यालय संखुवासभा, जिल्ला प्रहरी कार्यालय संखुवासभा समक्ष जोडदार माग गरेको छ ।
प्रशासकीय अधिकृत कट्टेलले सामाजिक सञ्जाल फेसबुकको स्टाटसमा कमेन्ट गर्दै लेखेका छन्, “बकुल्ला बसेको बासघारी र सन्नेसी बसेको गाउँ उग्लिन्छ भन्थे उता उगालि सके यता उगाल्न सकिन्छ कि भन्ने लागो यता आएर हाप्सिलो कराए झै कराउन थालिस अलच्छिना । गिरी पुरी भारति बन यिनका दाजुभाई अझै छन्…..यि मादरचोद बैमान भन्थे बुढापाका । बेहोरा देखाईस हैन ? तेरो के बिगारिदेको छ हँ मैले ? सामाजिक संजालमा मनपरि लेख्छस । तँलाई समय आएपछि चिनजान हुन्छ । नहतारिई पख
भातमारा ।”
दशनामी समाजद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, “फेसबुक स्टाटसमा उल्लेखित गम्भीर र अपमानजनक शब्दप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता आपत्तिजनक पूर्वाग्रही जातीय विद्वेश फैलाउने र सदियौंदेखि मेलमिलापपूर्ण ढंगले रहेको विद्यमान सामाजिक संरचनालाई नै विग्रह गर्ने खालको व्यवहार र प्रवृत्तिप्रति कडा रोष व्यक्त गर्दै खेद प्रकट गरिन्छ ।”
व्यक्तिगत व्यवहार र असहमतिलाई समाधान गर्ने कानुनी र व्यवहारिक विधिहरु पालना गर्नुको सट्टा सामाजिक सन्जाल मार्फत यस खालको व्यवहार नगरपालिकाको जिम्मेवार अधिकृत जस्तो पदमा कार्यरत राष्ट्रसेवकले गर्नु निन्दीय भएको भन्दै समाजले रोष व्यक्त गरेको छ । गैह्रजिम्मेवार, निर्लज्ज, जातीय विभेद फैलाउने, आपसी सद्भाव भड्काउने, अपमानजनक शब्द प्रयोग गर्ने कट्टेललाई कदापी क्षमा दिन नहुने भन्दै विज्ञप्तिमार्फत सम्बन्धित पक्षलाई सचेत गराइएको छ ।
विज्ञप्तिमा थप लेखिएको छ, “नेपाल एक बहुजातीय, बहुभाषिक विभिन्न धर्मावलम्बी भएको देश हो । यहाँ सदियौंदेखि विभिन्न जातजाती, भाषाभाषी आदिका मानिसहरु एक आपसमा आपसी सद्भाव, सहकार्यका साथ मिलेर व्यहार सञ्चालन हुँदै आएका छन् । संखुवासभा जिल्लामा पनि ब्राम्हण, क्षेत्री, तामाङ, राई, गुरुङ, दशनामी, शेर्पा, मगर आदि विविध जातजातीहरु अत्यन्त आपसी सद्भावका साथ हातेमालो गर्दै सामाजिक गतिविधि सञ्चालन हुँदै आएका छन् । एउटा जातिले अर्को जातिप्रति भेदभाव हेपावती अवहेलना गर्नु कदापी सैह्य हँुदैन । आजसम्म यस्तो अभद्र व्यवहार प्रदर्शन भएको पनि पाइँदैन ।”

Comments
अरु समाचार
-
अलैँचीको मूल्यमा गिरावट, कृषक चिन्तित
काठमाडौं । अलैँचीको मूल्यमा निरन्तर गिरावट आएसँगै संखुवासभा, ताप्लेजुङ सहित पूर्वी पहाडी जिल्ला पाँचथर, इलाम तेह्रथुमका कृषक तथा व्यापारीहरू मारमा...
-
आज काठमाडौंसहित देशका पहाडी जिल्लामा धुमधामकासाथ होली मनाइँदै
काठमाडौं । आज फागु पूर्णिमा अर्थात रंगहरुको पर्व होली काठमाडौंसहित पहाडी क्षेत्रमा धुमधामसँग हर्षोल्लासका साथ मनाइँदै छ । फागुन शुक्ल...
-
अमेरिका बस्ने वडाध्यक्ष पार्टीबाट निलम्बित
काठमाडौं । अमेरिका बस्दै आएका एक वडाध्यक्षलाई नेकपा माओवादी केन्द्रले जिम्मेवारीबाट अनिश्चितकालका लागि निलम्बन गरेको छ । खोटाङको साकेला गाउँपालिका–४...
-
संखुवासभामा राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता हुने
काठमाडौं । संखुवासभा जिल्लाको मादी नगरपालिकामा चौथो मादी राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ। मादी नगपालिकाको आयोजनामा फागुन...
-
उदयपुरमा बोलेरोको ठक्करबाट दिदीबहिनीको मृत्यु
काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका-१२ डीएमगेटमा बिहीबार साँझ गाडीको ठक्करबाट एकै घरका दिदीबहिनीको घटनास्थलमै मृत्यु भएको छ । त्रियुगा-११ डीएमगेटबाट...
-
आजबाट होली सुरु
काठमाडौं । आजबाट रङ्गहरूको पर्वले चिनिने होली सुरु भएको छ । आज बिहान काठमाडौंको वसन्तपुरमा चीर ठड्याइएपछि विधिवत रुपमा होली...
-
सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना हुँदै
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना गर्ने भएको...
-
भद्रपुर नगरपालिकाद्धारा उन्नत जातका तरकारीका बेर्ना वितरण
काठमाडौं । झापाको भद्रपुर नगरपालिकाले उन्नत जातका तरकारीका बेर्ना ८५ प्रतिशत अनुदानमा वितरण गरेको छ । तरकारीको बीउको सट्टा बेर्ना...
-
खाँदबारीमा एक महिलाको शव फेला
काठमाडौं । सङ्खुवासभाको खाँदबारी नगरपालिका–८ पिप्लेमा एक महिलाको शव फेला परेको छ । खाँदबारी–८ पिप्लेस्थित आदर्श टोलमा ३० वर्षीया यमकुमारी...