ताजा समाचार

मकवानपुरमा २१ जना जुवाडे पक्राउ

काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका–५ राजदमारस्थित मिलन थिङको घरमा जुवा खेलिरहेका २१ जनालाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार बिहान १ बजे गरिएको प्रहरी कारबाहीमा तीन सेट कौडा र नगद ८ लाख ३६ हजार ४० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए।

जुवा खेलिएको सूचना पाएपछि हेटौँडा, फापरवारी र हात्तीसुँढेका प्रहरी टोलीले संयुक्त रूपमा कारबाही गरेको हो। पक्राउ परेकामा घरधनी मिलन थिङसहित हेटौँडा उपमहानगरपालिका, वाग्मती गाउँपालिका, बकैया गाउँपालिका र सिन्धुली जिल्लाका बासिन्दाहरू छन्।

सबै पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय हेटौँडामा ल्याइएको छ। उनीहरूविरुद्ध अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org