ताजा समाचार

आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो

काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्।

सोमबार काठमाडौं जिल्ला अदालत पुगेर उनीहरूले अदालती विवाह गरेका हुन्। उनीहरूले दुबोको माला लगाएर अदालतबाहिर तस्बिर तथा भिडिओ पनि खिचाएका छन्।

दुवैले सामाजिक सञ्जालमा केही तस्बिर सेयर गर्दै आफूहरूले विवाह गरेको शुभचिन्तक एवं फ्यानहरूलाई जानकारी दिएका छन्।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका पाकिस्तानकी एलिजे तथा नेपालका आयुषले दुबईमा इन्जेजमेन्ट गरेका थिए । दुबईमा बस्दै आएकी एलिजे विवाहपछि आयुषसँगै थिइन्।

दुईले संगै म्युजिक भिडिओमा समेत मोडलिङ गरेका छन्। गत वर्ष उनीहरूले काठमाडौंमा घर किनेको जानकारी दिएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org