ताजा समाचार

इलाममा दाजुभाइमाथि धारिलो हतियार प्रहार, भाइकाे मृत्यु

काठमाडौं । इलामको माईजोगमाई गाउँपालिका–२ तारसिंङ गाउँमा दाजुभाइमाथि धारिलो हतियार प्रहार भएको छ ।

हतियार प्रहारबाट २१ वर्षीय प्रकाश चापागाईंको मृत्यु भएको छ । हतियार प्रहार गरी हत्या गरेको आरोपमा सूर्योदय नगरपालिका–१ सिरिसे बस्ने ३३ वर्षीय किरण शेर्पालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

सूर्योदय नगरपालिका–१ भालुखोपस्थित ससुराली घरमा आएका ३२ वर्षीय निरोज चापागाईं र उनको भाई प्रकाश चापागाईंलाई किरणले धारिलो हतियार प्रहार गरेका थिए ।

हतियार प्रहारबाट प्रकाशको घटनास्थलमै मृत्यु भएको थियो । घाइते भएका निरोजलाई फिक्कल अस्पताल हुँदै थप उपचारको लागि झापातर्फ पठाइएको छ ।

धारिलो हतियार प्रहार गर्ने अभियुक्तलाइ इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक छे फिन्जो भोटेको कमान्डमा  खटिएकाे १० जना प्रहरी टोलीले सूर्योदय-१ मानेभञ्ज्याङबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org