आफ्नै प्रेमिकाको हत्यारा पक्राउ
काठमाडौं । काभ्रे जिल्लामा दुई वर्षको प्रेम सम्बन्धपछि एक युवकले आफ्नी प्रेमिकाको दाउरा प्रहार गरी हत्या गरेका छन् । प्रेमिकाले सम्बन्धबाट टाढा जान थालेपछि योजनाबद्ध रूपमा हत्या गरिएको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मीनबहादुर घलेका अनुसार, रामेछाप मन्थली नगरपालिका–१३ का ३७ वर्षीय सन्तोष सुनारले बनेपा नगरपालिका–९ की ३३ वर्षीया शर्मिला उप्रेतीको हत्या गरेका हुन् ।
गत शनिबार बनेपा–१३ भगवान थुम्कीस्थित सामुदायिक वनको भिरालो जमिनमा चिलाउने रुखको फेदमा एक अपरिचित महिलाको शव फेला परेको थियो ।
शव फेला परेपछि इलाका प्रहरी कार्यालय बनेपाको टोली र धुलिखेल अस्पतालका फरेन्सिक विशेषज्ञले अनुसन्धान थालेका थिए । भुम्लु गाउँपालिका–१ डाँडाखर्क घर भई हाल बनेपा–९ नयाँ बस्तीमा बस्दै आएका मृतकका बुवाले शवको सनाखत गरेका थिए ।
प्रेमिकाको हत्या गरेर फरार भएका सन्तोष सुनार बनेपा नगरपालिका–१० स्थित इँटाभट्टामा लुकिरहेको अवस्थामा पक्राउ परेका हुन् । उनले शर्मिला उप्रेतीको दाउराले हानी हत्या गरेको र त्यसपछि शव सलले झुन्ड्याएर आत्महत्या झैँ देखाउने प्रयास गरेको स्वीकार गरेका छन् ।
प्रारम्भिक अनुसन्धानअनुसार, शर्मिला उप्रेतीसँग सन्तोष सुनारको २ वर्षदेखि प्रेम सम्बन्ध थियो । सन्तोषले विवाहको प्रस्ताव राखेपछि शर्मिलाले आलटाल गर्दै आएकी थिन् । पछि शर्मिला अर्कैसँग सम्बन्धित भएको शंका गर्दै हत्या गरिएको खुलेको छ ।
प्रहरीले जिल्ला अदालत काभ्रेबाट चार दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











