ताजा समाचार

मनाङ क्षेत्र नम्बर १ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

काठमाडौं । निर्वाचन आयोगले मनाङ क्षेत्र नम्बर १ को प्रदेशसभा–२ का लागि उपनिर्वाचनको मिति तोकेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, कात्तिक १७ गते हुनेगरी उपनिर्वाचनको मिति तोकिएको हो ।

सो क्षेत्रबाट गण्डकी प्रदेशसभामा निर्वाचित राजिव गुरुङ (दीपक मनाङे) ज्यान मार्ने उद्योग मुद्दामा दाेषी ठहरीएर पदमुक्त भएसँगै उक्त क्षेत्रमा पुनः निर्वाचन हुन लागेकाे हाे ।

त्यस्तै, गत असार ४ गते सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडालको संवधानिक इजलासले उनको पदमुक्त हुने फैसला सुनाएको थियो ।

सर्वोच्च अदालतबाट मिति २०८१ / ७ / २० मा प्रत्यर्थी दीपक मनाङ्गे भन्ने राजीव गुरुङ उपरको ज्यान मार्ने उद्योग मुद्दा फैसला भएपश्चात् निज उक्त प्रदेश सभा सदस्य पदका लागि अयोग्य ठहर भएको पूर्णपाठमा उल्लेख छ ।

संवैधानिक इजालसले उम्मेद्वार हुन समेत अयोग्य भएका उनी विवरण झुक्याएर सांसद भएको ठहर गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org