ताजा समाचार

सुनसरीमा गोली हानेर सफारी चालकको हत्या !

काठमाडौं । सुनसरीमा गोली प्रहार गरेर एकजना सिटी सफारी चालकको हत्या गरिएको छ ।

रामधुनी नगरपालिका–२ तनमुनास्थित सडकमा सिटी सफारी चालकलाई गोली हानेर हत्या गरिएको हो । स्थानीय ४७ वर्षीय दिनेशकुमार चौधरीको हत्या भएको प्रहरीले जनाएको छ ।

नगरको भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र.१–०२–००४ ह ७८०४ नम्बरको सिटी सफारी चलाइरहेका उनको बायाँ छातीमा गोली हानिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा आएका तीनजनाको समूहले गोली हानेर हत्या गरेका खुलेको छ । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले शनिबार साँझ साढे ५ बजेतिर घटनाबारे प्रहरीलाई जानकारी आएको बताए ।

चौधरीको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि गलिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दाहालले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org