सुनसरीमा गोली हानेर सफारी चालकको हत्या !
काठमाडौं । सुनसरीमा गोली प्रहार गरेर एकजना सिटी सफारी चालकको हत्या गरिएको छ ।
रामधुनी नगरपालिका–२ तनमुनास्थित सडकमा सिटी सफारी चालकलाई गोली हानेर हत्या गरिएको हो । स्थानीय ४७ वर्षीय दिनेशकुमार चौधरीको हत्या भएको प्रहरीले जनाएको छ ।
नगरको भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र.१–०२–००४ ह ७८०४ नम्बरको सिटी सफारी चलाइरहेका उनको बायाँ छातीमा गोली हानिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा आएका तीनजनाको समूहले गोली हानेर हत्या गरेका खुलेको छ । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले शनिबार साँझ साढे ५ बजेतिर घटनाबारे प्रहरीलाई जानकारी आएको बताए ।
चौधरीको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि गलिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दाहालले बताए ।
Comments
अरु समाचार
-
काठमाडौंको थानकोटमा चक्कु प्रहार गरेर एकजनाको हत्या
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–३ थानकोट खरिबोटमा एक जनाको हत्या भएको छ । महोत्तरी घर भएका अन्दाजी ३८ वर्षीय समी...
-
प्रदीप अधिकारी र षडयन्त्रमा सहभागीविरुद्ध मुद्दा दर्ता, अन्यको हकमा प्रमाण पुगेमा फेरि मुद्दा लगिने
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई ज्यान मार्ने धम्की दिएको आरोपमा तत्कालीन नेपाल नागरिक उड्डयन प्राधिकरण...
-
‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
भैरहवा । रुपन्देहीको सिद्धार्थनगरस्थित एक क्यासिनोमा जुवा खेलिरहेका अवस्थामा १९ नेपाली नागरिक पक्राउ परेका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय र...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...












