ताजा समाचार

प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइ सुरु

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनुवाइ विशेष अदालतमा सुरु भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिञ्चोकमा हेलिपोर्ट निर्माणमा भ्रष्टाचार भएको भन्दै अधिकारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा

उनीसहितको मुद्दामा आइतबार विशेष अदालतका सदस्यहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासमा सुनुवाइ सुरु भएको हो। शुक्रबार न्यायाधीश नारायणप्रसाद पौडेलले हेर्न नमिलेकाले सुनुवाइ भएको थिए।

अख्यितारले मंसिर १३ गते उनीहरूविरुद्ध १३ करोड ५७ लाख ४६ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्धा दायर गरेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org