नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र जारी गरिएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै पनि सदस्य राष्ट्रले आपत्ति नजनाएको बताउँदै घोषणापत्र सर्वसम्मतिले पारित भएको बताएका छन। ब्रिक्स शिखर सम्मेलन आज पनि जारी रहनेछ। ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो। सन २००१ मा अर्थशास्त्री जिम ओ निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए। सन २००६ मा ब्राजिल,रूस,भारत,चीनले बिक्स गठन गरेका थिए। सन २००९ मा ब्रिक्सकाे पहिलाे शिखर सम्मेलन रूसमा भएकाे थियाे। सन २०१० मा दक्षिण अफ्रिका ब्रिक्स समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको हो।
हाल ब्रिक्समा रुस, चीन, भारत, ब्राजिल, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स गरी ११ पूर्ण सदस्य छन्। ठुला अर्थतन्त्र भएका,आर्थिक रूपमा उदाउदा र विकसित देशहरू ब्रिक्समा समेटिएका छन। एक दर्जन देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूलाई ब्रिक्स शिखर सम्मेलनमा पर्यवेक्षकका रूपमा बाेलाइएपनि उत्तरकाे छिमेकी मुलुक नेपाललाई ब्रिक्स शिखर सम्मेलनमा बाेलाइएन। नेपालकाे परराष्ट्र नीति र सरकारकाे कुटनैतिक काम कारवाही शंकास्पद रहेकाले पनि ब्रिक्समा नेपाललाई आमन्त्रण गरिएन। यसले अन्तर्राष्ट्रिय जगतमा नेपालकाे छवि र प्रतिष्ठा घटदै गएकाे संकेत गर्छ।
ब्रिक्स शिखर सम्मेलन नयाँ दिल्ली घोषणापत्रका १० प्रमुख बुँदा:
१)पहलगाम आतंकवादी आक्रमणको निन्दा: अप्रिल २२, २०२५ मा भएको आक्रमणको कडा निन्दा, २६ जनाको मृत्यु भएको उल्लेख गर्दै।
२)आतंकवादविरुद्ध कडा अडान: आतंकवादका सबै रूप र कारणको निन्दा।
३)धर्मलाई आतंकवादसँग नजोड्ने: आतंकवादलाई कुनै पनि धर्म, राष्ट्रियता वा समुदायसँग जोड्ने कुराको विरोध।
४)सीमापार आतंकवादविरुद्ध कारबाही: आतंकवाद, यसको कोष र आतंकवादीहरूलाई आश्रय दिनेहरूविरुद्ध संयुक्त कारबाहीमा जोड।
५)आतंकवादी विरूद्व जवाफदेही बनाउने: आतंकवादी र आतंकवादी संगठनविरुद्ध सामूहिक कारबाहीको आह्वान।
६)संयुक्त राष्ट्रसंघको आतंकवादविरोधी सन्धि चाँडै बनाउने: अन्तर्राष्ट्रिय आतंकवादसम्बन्धी प्रस्तावित सन्धि चाँडै अपनाउन माग।
७)ब्रिक्सका मुख्य सिद्धान्त बलियो रहने: पारस्परिक सम्मान, सार्वभौम समानता, एकता र सहमतिमा आधारित निर्णयहरूमा जोड।
८)एकपक्षीय भन्सार शुल्कको निन्दा: एकपक्षीय भन्सार शुल्क र व्यापार प्रतिबन्धहरूबारे चिन्ता व्यक्त गर्दै त्यस्ता कदम डब्ल्यूएचओका नियमअनुसार हुनुपर्ने।
९)आणविक खतरा: आणविक हतियार प्रयोगको खतरा र बढ्दो विश्वव्यापी तनावप्रति चिन्ता व्यक्त।
१०) भारतको अध्यक्षताको प्रशंसा: ब्रिक्स देशहरूले भारतको अध्यक्षतामा भएको ब्रिक्स प्लस र आउटरिच संवादको प्रशंसा गरे।
Comments
अरु समाचार
-
आफूविरुद्ध तथ्यहीन र भ्रामक समाचार प्रकाशन गरिएको डिआइजी खत्रीको दाबी, कानूनी उपचारमा जाने चेतावनी
काठमाडौ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (DIG) भूपेन्द्र बहादुर खत्रीले आफ्नो चरित्र हत्या गर्ने गरी...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
संविधान दिवस भव्यरुपमा मनाउने तयारी गर्दै ‘कोशी प्रदेश सरकार’
काठमाडौं । २०८३ सालको संबिधान दिवस भब्यताका साथ मनाउन कोशी प्रदेश सरकारले तयारी तिब्र बनाएको छ । असोज २,३ र...
-
पाँच सुधार प्याकेज : शिथिल अर्थतन्त्रलाई गति दिने सरकारको परीक्षा
काठमाडौं। अर्थतन्त्रमा देखिएको शिथिलता चिर्न सरकारले पाँचवटा विशेष सुधार प्याकेज अघि बढाउने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल...
-
गृहमन्त्री गुरुङको अभिव्यक्तिविरुद्ध मानवअधिकारकर्मीको कडा आपत्ति, गृहमन्त्रीले के भनेका थिए ?
काठमाडौं । गृहमन्त्री सुधन गुरुङको अभिव्यक्तिको अधिकारकर्मीहरुले विरोध जनाएका छन् । गृहमन्त्रीले धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै मानव अधिकारकर्मी, वरिष्ठ कानुन...
-
ग्यास अभाव भएपछि अनौठो विरोधको शैली, दाउरा बालेर क्याम्पस अगाडि खाना
काठमाडौं । खाना पकाउने ग्यास नपाएको विरोधमा अनेरास्ववियु क्रान्तिकारीले काठमाडौंमा अनौठो शैलीमा सरकारको विरोध गरेको छ। ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण...
-
न्यायाधीश रेग्मी र अख्तियार प्रमुखविरुद्धको महाअभियोग रितपूर्वक छैन: संसद महासचिव पाण्डे
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईमाथि महाभियोगको माग गर्दै संसद् सचिवालयमा निवेदन दर्ता भएको...
-
कर्णालीका वन सचिव कर्ण, सुर्खेतको डिएफओ दास प्रधानमन्त्री कार्यालय र अख्तियारभन्दा माथि !
काठमाडौं । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव अजितकुमार कर्ण, डिभिजन वन कार्यालयका डिएफओ राधाकृष्ण दास र...
-
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) द्वारा जेनीजी विद्रोहको स्मरण र वैज्ञानिक समाजवादी सत्ता स्थापनाको आह्वान
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष कञ्चनले जेनीजी विद्रोहको एक वर्ष पूरा भएको अवसरमा एक प्रेस वक्तव्य जारी...












