पूर्व प्रधानसेनापति छत्रमानका छोराको हराएको रोलेक्स घडी सांसदको गोजीमा

काठमाडौं ।पूर्व प्रधानसेनापति छत्रमानका छोराको हराएको १४ लाखको रोलेक्स घडी सांसदको गोजीमा
काठमाडौँ । बुधबार लाजिम्पाटस्थित होटल र्याडिसनमा एकाएक तनाव छायो। त्यहाँको जिमको लकरबाटै एउटा घडी हरायो। सामान्य घडी हराएको भए त्यति ठूलो तनावको विषय हुने थिएन। घडी र घडी हराउने मानिस दुई वटै विषय तनावमाथि तनाव थपिने विषय थियो।
घडी रोलेक्स थियो। बजार मूल्य अन्दाजी १४ लाख रुपैयाँ पर्ने।
अनि त्यसका मालिक थिए प्रबलमान सिंह गुरुङ। लन्डनको एउटा ख्यातिप्राप्त रियल स्टेट कम्पनीका डाइरेक्टर। पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङका कान्छा छोरा।
आफ्नो सामान हराएपछि प्रवल चुप बस्ने कुरा भएन। होटल व्यवस्थापनलाई तनाव माथि तनाव थपिने क्रम जारी थियो।
दरबारमार्ग प्रहरी वृत्तमा बहुमूल्य सामान हराएको उजुरी दर्ता भएपछि अनुसन्धान सुरु भयो। बिहीबार दिनभरको अनुसन्धानपछि प्रहरीले लगभग पत्ता लगाइसकेको थियो ( पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङको छोराको महँगो घडी कसले हात पारेको थियोरु तर लिने व्यक्ति पनि उस्तै हाइ प्रोफाइल परेपछि प्रहरी अलि हच्कियो।
अनुसन्धानबाट तेर्सिएको औँला थियो एक सांसदमाथि।
शुक्रबार बेलुकी प्रहरीले ुहामीले घडी हराउँदा जिमको लकरमा उपस्थित केहीलाई शंकाको घेरामा राखेका छौँ, फिङ्गर प्रिन्ट लिएर अनुसन्धान अगाडि बढाउन सहयोग गरिदिनु पर्यो भन्दै फोन गर्यो।
शनिबार बिहानै ओखलढुंगाबाट निर्वाचित नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा दरबारमार्ग प्रहरी वृत्तमा पुगे र घडी दिँदै भने, ुकसले मेरो गोजीमा पो राखिदिएको रहेछ। मलाई त थाहै भएन।ु
सांसदलाई फँसाउने गरी कसले त्यसरी त्यति महँगो घडी षड्यन्त्र गरी उनको गोजीमा राखिदियो, त्यो पत्ता लाग्न बाँकी छ।
तर १४ लाखको घडी हराएपछिको तनाव भने साम्य भइसकेको छ।
यही तनावका बीच पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङले झण्डै आफ्नो पूर्व निर्धारित भारत भ्रमण रद्द गर्नुपरेको थियो। प्रहरी नेतृत्वले तपाईँ बसिरहनु पर्दैन, भ्रमण रोकिँदा राम्रो सन्देश जाँदैन भनेपछि उनी अहिले भारतमा छन्। यता, तनाव पनि साम्य भइसक्यो। बिजमाण्डूबाट
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












