अब राष्ट्रिय ब्रा दिवस मनाउने ?

काठमाडौं । अंग्रेजी नयाँ वर्षमा मनाइने नेपालको एउटा राष्ट्रिय दिवस हो, टोपी दिवस । टोपीमाथिको यो दिवस नेपालमा मनाउन थालिएको धेरै वर्ष भएको छैन । तर, यस वर्षको टोपी दिवस भने विशेष विवादमा प¥यो । किनभने मानिसले लगाउने विभिन्न वस्त्र जस्तैः टोपी पनि एउटा वस्त्र हो । अब वस्त्रकै दिवस मनाउने हो भने टोपी दिवस मात्र किन ? धोती दिवस किन नमनाउने ? यस्तो प्रश्न पनि उठ्यो । बख्खु दिवस किन नमनाउने ? हाकु पटासी दिवस किन नमनाउने ? प्यान्ट, कोट, दौरा–सुरुवाल, कमिज, कछाड गुन्यु–चोली आदिको दिवस किन नमनाउने ? यस्ता प्रश्न धेरै आए । कसै–कसैले त लँगौटी, कन्दनी दिवस मनाउनुपर्ने सुझावसमेत दिन भ्याए । यसरी यो दिवसको जो विवाद अहिले निस्कियो, मलाई लाग्छ अब डरलाग्दै मोडतिर जाने सम्भावना छ । किनभने वस्त्रको प्रश्न जातीय कोणतिर मोडिएको छ । यहाँसम्म ठिकै हो । भोलि यो लैंगिक मोडतिर जान थाल्यो भनेचाहिँ थामिनसक्नु हुने खतरा छ । किनभने मानिसको जस्तै वस्त्रको पनि आ–आफ्नै लैंगिक पहिचान हुन्छ । टोपी पुलिंगी वस्त्र हो । आज एउटा पुरुषले लगाउने वस्त्रको दिवस मनाउन थालिएकोमा भोलि महिलाले लगाउने वस्त्रको पनि यस्तै दिवस मनाउन थालियो भने के गर्ने ? पुरुषको एकछत्र राज रहेको वस्त्र टोपी हो भने महिलाको एकछत्र राज रहेको वस्त्र ब्रा हो । भोलि ब्राको पनि दिवस मनाउन थालियो भने रोक्ने कसले ? अस्ति टोपी लगाएर ¥याली निकालिए जस्तै भोलि ब्रा मात्रै लगाएर ¥याली निक्लिन सक्छ । टोपीलाई मानिस हिमालसँग दाँज्न रुचाउँछन् । अलि कल्पना गर्ने हो भने ब्रालाई पनि त्योभन्दा कमसँग दाँज्न मिल्दैन । अब यस्तो परिस्थितिमा आधा आकाश ढाक्ने महिलाले ‘राष्ट्रिय ब्रा दिवस’ मनाउन पाउने कि नपाउने ? टोपीवादीसँग यसको जवाफ छ ?
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












