यी नायिका हुन्,जसलाई विकिनी पोजले चर्चामा ल्यायो
मुम्बई । जब-जब नायिकाहरुको करियर धरमराउन थाल्छ, तब स्थापित भनिने हिरोइनहरु पनि समुद्रीकिनारमा पुगेर टुपिसमा आफ्नो देह देखाउन धक मान्दैनन् ।
बलिउडको भर्याङ चढ्न लालायित मोडलहरु निर्माता निर्देशकको आाखामा पर्ने सजिलो माध्यम पनि यही समुद्री किनारको बिकिनी पोज नै हो ।
समुद्री किनारमा देह प्रर्दशन गर्दा कतिको भाग्य चम्किएको छ भने कतिलाई यो औषधीले पटक्कै काम गरेन् । तै पनि हरेकजसो हिरोइनका यस्ता फोटो सार्वजनिक हुादा त्यसको समर्थन र बिरोधमा सामाजिक संजालमा स्वर उरालिन्छन् ।
समुद्री किनाराको सहारालाई लिएर भारतीय पत्रिका टाइम्स अफ इण्डियाले तयार पारेको यो सूची-
अप्ठयारो लाग्दैन विपाशालाई
दीपिका पादुकोणका समुन्द्री किनारका तस्बिर त्यति धेरै सार्वजनिक भएको छैन । समुन्द्र किनारमा पुग्दा प्राय चश्मा नछोड्ने दीपिकाले फोटो शुट गर्दा पनि चश्मालाई निरन्तरता दिइन् ।
समुन्द्र किनारमा उभिएर नाङ्गो ज्यान प्रस्तुत गर्दा रमाइलो अनुभुति गर्ने कलाकारका रुपमा चिनिन्छन् जोन अब्राहम । यस्तो पोज दिंदा उनी प्रायः कसिलो ज्यानलाई विशेष रुपमा प्रस्तुत गर्न चाहन्छन् ।
समुन्द्र किनार होस् या अन्य कुनै पनि कार्यक्रममा बिकनीमा प्रस्तुत हुन अप्ठयारो मान्दिनन् विपाशा बसु । चलचित्र ‘धुम -२’ मा उनको समुन्द्री किनारको दृष्यले निकै चर्चा पाएको थियो । उक्त चलचित्रमा उनको पहिलो दृष्य नै समुन्द्री किनारवाट सुरु भएको थियो ।
छाती पनि छोपिनन् सन्नीले
हिन्दी फिल्म ‘जिस्म -२’ मा अभिनय गर्ने क्रममा सन्नी लियोन पहेँलो गाउनमा समुन्द्री किनारमा प्रस्तुत भएकी थिइन् । निर्देशकको आग्रहमा छातीमा कुनै लुगा नलगाएको उक्त दृष्यको छायाङकन् पछाडीवाट गरिएको थियो ।
उर्मिला र अमिषालाई सेक्सी देखायो
पुरानो हिन्दी फिल्म ‘रंगीला’ मा काम गर्ने बेलामा उर्मिता मातोण्डकर र ज्याकीश्राफले समुन्द्री किनारमा धेरै सट दिएका छन् । जुन गीतमा उर्मिला निकै सेक्सी देखिएकी थिइन् । ए आर रहमानको संगीत रहेको एउटा गीतको पुरै सुटिङ समुन्द्रको किनारमै गरिएको थियो ।
‘कहो ना प्यार है’ को त अधिकांश सुटिङ समुन्द्री किनारमै भएको छ । ऋतिक रोशन र अमिषा पटेलले अभिनय गरेको उक्त फिल्ममा अमिषाको ग्ल्यामरस लुकलाई धेरैले मन पराएका थिए । हिन्दी फिल्म ‘ब्लु’ मा लारा दत्तले समुन्द्रको पानीमा गरेको नृत्यको धेरैले तारिफ गरे ।
परबीन, शर्मिला र जिनत पनि
पुरानी अभिनेत्री परबिन भावीले हिन्दी फिल्म ये ‘नजिकिदिया’ बिकनीमा गरेको अभिनय अहिले पनि निकै चर्चित मानिन्छ । अभिनेत्री शर्मिल टेगोरले पनि पेरिसमा आयोजित एक कार्यक्रममा बिकनी प्रस्तुत गरेकी थिइन् ।
हिन्दी फिल्म ‘पुकार’मा अभिनेत्री जिनत अमान र अभिताभ बच्चनले समुन्दी किनारमा मस्ती गरेको अभिनय गरेका थिए । उक्त सिनको वारेमा निकै चर्चा भएको थियो ।
मल्लिकालाई बिकनीले उठायो
समुन्द्री किनारमा बिकनीमा खिचिएको दृष्यकै कारण मल्लिका शेरावतको करिअर चम्किएको थियो । अहिले पनि उनिले समुद्री किनारमा छायाङकन गरिने दृष्यलाई पहिलो प्राथमिकता दिने गरेकी छिन् ।
हिन्दी फिल्म थ्री जी मा काम गर्नु अघि सोनाली चौहानले ५० भन्दा धेरैपटक बिकिनी लगाइन् ।
मिस वल्ड प्रतियोगितामा विकिनी क्याटवाकको चलन हटाएकोमा खुसी ब्यक्त गर्ने अभिनेत्री पि्रयंका चोपडाले दोस्तना र डन-२ विकनी लगाएर अभिनय गरेकी छिन् ।
Comments
अरु समाचार
-
‘पहिले विभेद गर्नेले पनि अचेल नौमती बाजा सिक्दै छन्’
इलाम : यहाँको रोङ गाउँपालिकाले महिलालाई व्यावसायिक बनाउन र लोक संस्कृतिको जगेर्ना गर्न नौमती बाजा बजाउन सिकाइँदैछ । कुनै समय...
-
दुई विदेशी कलाकारका कला साताव्यापी प्रर्दशन गरिने
काठमाडौँ: ‘आन्तरिक परिदृश्य’ शीर्षकमा दुई विदेशी कलाकारका कला साताव्यापी रूपमा प्रर्दशन गरिने भएको छ । ताइवानकी चाउ मेङ येह र...
-
फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदै
काठमाडौं । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ । महोत्सव ललितपुरको यलमाया केन्द्रमा...
-
छठ गीतमा चर्चित ‘बिहारकी कोकिला’ शारदा सिन्हाको छठ पर्वमै निधन
काठमाडौँ ।‘बिहारकी कोकिला’ उपनामले प्रसिद्ध भारतीय गायिका शारदा सिन्हाको ७२ वर्षको उमेरमा मंगलबार नयाँदिल्लीको एम्स अस्पतालमा निधन भएको छ। सिन्हाले...
-
नेपाली चलचित्रका लागि चाडपर्व सुखद , हलदेखि ओटीटीसम्म दर्शकको साथ
काठमाडौं । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरु’ लोकार्पण, ६ स्रष्टा सम्मानित (तस्बिरहरुसहित)
काठमाडौँ, ५ असोज । शमी साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंमा साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोह सम्पन्न भएको छ...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...