मदिरा नियन्त्रणक लागि कडा नीति ल्याउँदै स्वास्थ्यमन्त्री थापा : विज्ञापन गर्न नपाइने, बोटलमा क्यान्सरको चित्र हुनुपर्ने
काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापाले रक्सी ‘मदिरा’ नियन्त्रण गर्न कडा कानुन ल्याउने तयारी गरेका छन्। मन्त्री थापाले मदिरा नियन्त्रणका लागि ‘राष्ट्रिय मदिरा नियन्त्रण नीति, २०७३’ ल्याउन लागेका हुन्। मदिरा सेवनका कारण नेपालमा एचआइभी, क्षयरोग, सडक दुर्घटना, घरेलु हिंसा, आत्महत्या, मुटुरोग र कलेजोको क्यान्सर बढ्दै गएकाले मदिरा नियन्त्रण नीति ल्याउन लागेको मन्त्री थापाले जानकारी दिए।
मन्त्री थापाको निर्देशनमा स्वास्थ्य मन्त्रालयले ‘राष्ट्रिय मदिरा नियन्त्रण नीति, २०७३’ तयार पारेको छ। नीतिले मदिराको उत्पादन, बिक्री–वितरण र सेवन सम्बन्धी विज्ञापन, प्रवद्र्धन, प्रायोजन र समाचार कुनै पनि सञ्चार माध्यमबाट प्रचार–प्रसार गर्न निषेध गरेको छ।
‘मदिराको सेवनका कारण हुने विकृति, रोग र मृत्युदर घटाउने उद्देश्यले नीति ल्याउन लागिएको हो,’ मन्त्री थापाले भने, ‘अब हरेक वर्ष राष्ट्रिय मदिरा रहितदिवस पनि मनाइनेछ।’
मदिराको प्रयोगले निम्त्याउने जनस्वास्थ्य, सामाजिक र आर्थिक समस्या न्यूनीकरण गर्न मदिराको बोतलमा ७५ प्रतिशत भागमा मदिरा सेवनका कारण क्षति भएको कलेजो वा मुटु रोगको चित्र राख्नुपर्नेछ। यस्तै, मदिरा स्वास्थ्यका लागि हानिकारक छ भन्ने सन्देश बोतलमा ठूलो अक्षरले लेख्नु पर्नेछ।
यसअघि चुरोट र सुर्तीजन्य पदार्थको प्याकेटमा यस्तो चित्र र सन्देश आनिवार्य राख्नु र्ने नियम लागू भएको छ। मदिरा नियन्त्रणका लागि चलचित्र, टेलिफिल्म, नाटकजस्ता कुनै पनि मनोरञ्जनात्मक, समाचारमूलक र श्रव्यदृश्य कार्यक्रममा कलाकारको प्रयोग, उत्पादन कम्पनीको ब्रान्ड वा लोगो राख्न निषेध हुनेछ। साथै, बिहान ७ देखि बेलुका ७ बजेसम्म खुला रुपमा मदिरा खरिद बिक्री गर्न पाइनेछैन।
विश्व स्वास्थ्य संगठनले मदिरा सेवनका कारणले हुने रोग र मृत्युलाई कम गर्न १० वटा रणनीति तर्जुमा गरेको छ। यसलाई एक सय ९३ वटा सदस्य राष्ट्रले सर्वसम्मतले अनुमोदन गरिसकेका छन्। नेपाल सरकारले पनि यो रणनीतिलाई अनुमोदन गरेको छ।
नेपाल जनसांखिक तथा स्वास्थ्य सर्वेक्षण २०११ अनुसार नेपालमा मदिरा सेवन गर्ने श्रीमान् मध्येबाट झन्डै ७० प्रतिशत श्रीमती भौतिक र यौन हिंसाको सिकार बन्ने गरेका छन्। साथै, सो सर्वेक्षणले परिवारकै सदस्यबाट बलात्कार र हत्याका घटनाको मूल कारण मदिरा रहेको देखाएको छ।
सरकारले २०५५ सालमा विद्युतीय सञ्चार माध्यममा मदिराको विज्ञापन गर्न रोक लगाएको थियो। राष्ट्रिय स्वास्थ्य नीति, २०४८ र २०७१ ले पनि नसर्ने रोग नियन्त्रणका लागि मदिरा नियन्त्रणको बाटो खुला गरिदिएको छ। मदिराजन्य पदार्थको सेवन नसर्ने रोगको प्रमुख कारण मध्ये पर्दछ। नेपालका गरिब मजदुरहरुले आफ्नो आम्दानीको १५ प्रतिशत मदिरामा खर्च गर्ने गरेको सर्वेक्षणले देखाएको छ।
यस्तो बन्नेछ मदिरा नियन्त्रण नीति
१) मदिराको हानिकारक प्रयोग र यसका कारणले हुने जनस्वास्थ्य, सामाजिक र आर्थिक समस्याका विषयमा जनचेतना अभिबृद्धि गर्ने।
२) मदिराको उन्पादन, बिक्री, वितरण र सेवन सम्बन्धी विज्ञापन, प्रवद्र्धन, प्रायोजन र समाचार कुनै पनि प्रकारको सञ्चार माध्यम र तरिकाबाट प्रचारप्रसार गर्न निषेध गर्ने।
३) मदिराको सहज उपलब्धता र पँहुचलाई नियन्त्रण र नियमन गर्ने।
४) मदिराको उत्पादन, ओसारपसार, आयात, बिक्रीवितण र सेवनमा नियनत्रण र नियमन गर्ने।
५) मदिराको हानिकारक सेवनका कारणले हुने विकृति, रोग र मृत्युदर घटाउने।
६) मदिराको हरेक वर्ष मूल्यबृद्धि र मदिराको हानिकारक सेवन नियन्त्रण तथा नियमनका लागि पर्याप्त आर्थिक स्रोतको व्यवस्थापन गर्ने।
७) मदिराको प्रयोग गरी सवारी साधन चलाउनमा रोक लगाई दुर्घटना रोकथाम गर्ने।
८) मदिराको उत्पादन तथा सेवनका कारणले सिर्जना हुने गरिबी, कुपोषण र खाद्यान्न अभाव घटाउने।
९) मदिराको हानिकारक सेवनका कारणले हुने पारिवारिक हिंसा, सामाजिक सद्भावमा पुग्ने खलल र असुरक्षाको अवस्था रोक्ने।
१०) मदिराको उत्पादन, बिक्री वितरण र उपभोग सम्बन्धी विद्यमान कानुनको समयानुकूल परिमार्जन र एकीकृत गर्ने।
११) मदिराको हानिकारक प्रयोगको नियन्त्रण र नियमन सम्बन्धमा सरोकारवाला निकाय तथा संघसंस्थासँग समन्वयन, सहकार्य र साझेदारी गर्ने।
१२) मदिराको हानिकारक प्रयोगको नियन्त्रण र नियमनका लागि मानवीय, वित्तीय वा बजेट एवं भौतिक स्रोतको पर्याप्त व्यवस्था तथा क्षमताको अधिबृद्धि गर्ने।
१३) मदिरा सेवनको कारणबाट हुने हानी घटाउने र रोकथाम गर्ने।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












