होलीः होस् गर्नुहोस् हिरासतमा बास होला
काठमाडौं । यस वर्षको होलीलाई मर्यादित बनाउन प्रहरी आक्रामक हुने भएको छ । होलीमा ईच्छाविपरीत रङ छर्कने, दल्ने र लोला हान्नेलाई सार्वजनिक अपराधसम्मको मुद्दा लगाउने तयारीमा प्रशासन र प्रहरी पुगेको छ ।
होलीमा अमर्यादित गतिविधि बढेको भन्दै प्रहरी त्यस्तो निष्कर्शमा पुगेको हो । महानगरीइ प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) प्रद्युम्न कार्की भन्छन्, होलीलाई मर्यादित बनाउन प्रहरीले कुनै कसुर बाँकी राख्ने छैन ।
प्रहरीले होली होली सुरक्षा अन्तर्गत १ सय ७ स्थानमा पिकेट, स्ट्राईकिङ्ग, रिजर्भ, मोवाईल, सिआरभि, संयुक्त चेकिङ्ग ट्राफिकसहित, राख्ने भएको छ । होलीमा सांस्कृतिक कार्यक्रम मनाउन १० स्थानमा प्रहरी नायव उपरीक्षकसहितको टोली परिचालन गरिएको एसपी कार्कीले जानकारी दिए ।
होली सुरक्षाअन्तर्गत १ हजार जना सुरक्षाकर्मी परिचालन गरिएको छ । चाडपर्वको नाममा डोरी टागेर एवं अन्य कुनै प्रक्रियाबाट चन्दा उठाउनमा पनि रोक लगाएको छ । होली मनाउने नाममा युवाहरु पसल र व्यापारिक घरानामा पुगेर चन्दा असुल्ने गर्दथे । यस पटक त्यो पनि हुन नदिने प्रहरी जनाउँछ ।
होलीमा महिला एवं पर्यटकहरुसँग अभद्र व्यवहार गर्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिने र सार्वजनिक अपराधको मुद्दा लगाउने तयारी छ ।
यस्तै होलीमा ट्राफिक प्रहरी पनि सक्रिय हुने भएको छ । जथाभावी तवरले सार्वजनिक सवारी चलाउने, सार्वजनिक सवारी साधनको छत एवं हुटमा बसेर यात्रा गर्न नदिने तर्फ स्थानीय ट्राफिक कमाण्डरसँग समयमै समन्वय गर्दै कारवाही गरिने एसपी कार्कीले बताए । सवारी साधनमा छतमा वा अन्य स्थानमा बसेर बोतलमा नै मादक पदार्थ सेवन गरेमा तत्काल सवारी साधन सहित नियन्त्रणमा लिने तयारी छ ।
हेलमेट नलगाइ, जिकज्याक गर्दै अनियन्त्रित भएर मोटरसाइकल चलाएमा तत्काल नियन्त्रणमा लिन परिसरले निर्देशन दिएको छ । अनि होलीको बहानामा जुवा तथा तास खेल्नेमाथि पनि प्रहरीले निगरानी बढाएको छ ।
अनुहार नै नचिन्नेगरी रङ लगाएर होली खेल्नेलाई पनि प्रहरीले पक्रेर सार्वजनिक अपराधको मुद्दा लगाउने भएको छ ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले दिए सामूहिक राजीनामा
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । सरकारले अध्यादेश ल्याएर हटाउने तयारी गरिरहँदा उनीहरूको सामूहिक राजीनामा आएको...
-
हावाहुरीको जोखिम : दशकमा सयले गुमाए ज्यान
काठमाडौं । पछिल्लो एक दशकमा देशभर हावाहुरीका घटना उल्लेख्य रूपमा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
कांग्रेस सभापति गगनले सरकारलाई दिए चेतावनी, भने- रवैया देखाइरहे मुठी कसेर सडकमा आउँछौँ
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले मधेशका जनताको अधिकार खोसेको बताएका छन्। सर्लाही पुगेका थापाले पार्टीको कार्यक्रममा...
-
ढुक्क हुनुस्, सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुम्बासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका...












