होलीः होस् गर्नुहोस् हिरासतमा बास होला
काठमाडौं । यस वर्षको होलीलाई मर्यादित बनाउन प्रहरी आक्रामक हुने भएको छ । होलीमा ईच्छाविपरीत रङ छर्कने, दल्ने र लोला हान्नेलाई सार्वजनिक अपराधसम्मको मुद्दा लगाउने तयारीमा प्रशासन र प्रहरी पुगेको छ ।
होलीमा अमर्यादित गतिविधि बढेको भन्दै प्रहरी त्यस्तो निष्कर्शमा पुगेको हो । महानगरीइ प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) प्रद्युम्न कार्की भन्छन्, होलीलाई मर्यादित बनाउन प्रहरीले कुनै कसुर बाँकी राख्ने छैन ।
प्रहरीले होली होली सुरक्षा अन्तर्गत १ सय ७ स्थानमा पिकेट, स्ट्राईकिङ्ग, रिजर्भ, मोवाईल, सिआरभि, संयुक्त चेकिङ्ग ट्राफिकसहित, राख्ने भएको छ । होलीमा सांस्कृतिक कार्यक्रम मनाउन १० स्थानमा प्रहरी नायव उपरीक्षकसहितको टोली परिचालन गरिएको एसपी कार्कीले जानकारी दिए ।
होली सुरक्षाअन्तर्गत १ हजार जना सुरक्षाकर्मी परिचालन गरिएको छ । चाडपर्वको नाममा डोरी टागेर एवं अन्य कुनै प्रक्रियाबाट चन्दा उठाउनमा पनि रोक लगाएको छ । होली मनाउने नाममा युवाहरु पसल र व्यापारिक घरानामा पुगेर चन्दा असुल्ने गर्दथे । यस पटक त्यो पनि हुन नदिने प्रहरी जनाउँछ ।
होलीमा महिला एवं पर्यटकहरुसँग अभद्र व्यवहार गर्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिने र सार्वजनिक अपराधको मुद्दा लगाउने तयारी छ ।
यस्तै होलीमा ट्राफिक प्रहरी पनि सक्रिय हुने भएको छ । जथाभावी तवरले सार्वजनिक सवारी चलाउने, सार्वजनिक सवारी साधनको छत एवं हुटमा बसेर यात्रा गर्न नदिने तर्फ स्थानीय ट्राफिक कमाण्डरसँग समयमै समन्वय गर्दै कारवाही गरिने एसपी कार्कीले बताए । सवारी साधनमा छतमा वा अन्य स्थानमा बसेर बोतलमा नै मादक पदार्थ सेवन गरेमा तत्काल सवारी साधन सहित नियन्त्रणमा लिने तयारी छ ।
हेलमेट नलगाइ, जिकज्याक गर्दै अनियन्त्रित भएर मोटरसाइकल चलाएमा तत्काल नियन्त्रणमा लिन परिसरले निर्देशन दिएको छ । अनि होलीको बहानामा जुवा तथा तास खेल्नेमाथि पनि प्रहरीले निगरानी बढाएको छ ।
अनुहार नै नचिन्नेगरी रङ लगाएर होली खेल्नेलाई पनि प्रहरीले पक्रेर सार्वजनिक अपराधको मुद्दा लगाउने भएको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...












