सिमिकोट विमानस्थल : निजी पार्किङ्ग स्थल र ड्राईभिङ्ग तालिम केन्द्र बन्दै !
हुम्ला । हुम्लाको सिमिकोट विमानस्थल निजी पार्किङ्ग स्थलको रुपमा प्रयोग हुँदै आएको छ ।कुनै पनि खालको निजी प्रयोग र २४ सै घण्टा सुरक्षा कडाई हुने विमानस्थललाई हुम्लाका सवारी धनीले निजी पार्किङ्ग स्थलको रुपमा प्रयोग गर्दै आएका छन् ।
निजी क्षेत्रका व्यवसायीले सञ्चालन गर्दै आएका सवारी साधनलाई विमान स्थल सुरक्षाकर्मी र विमानस्थल कर्मचारीले विमानस्थलको एप्रोन सम्म नै निर्बाध रुपमा सञ्चालनको लागि
अघोषित अनुमतिदिएको छ । महिन्द्राको बोलेरो जिपले विमानस्थलबाट यात्रीको सामान ओसार्न, सिमिकोट बजारका व्यवसायी र अन्य स्थानियको सामान ओसार्नको लागि प्रति केजी १० देखि ५० रुपैयाँ सम्मलिने गरेको छ भने ट्रयाक्टरले ढुंगा लगायत अन्यनिर्माण सामाग्रीको ओसार–पसार मात्र नभएर सवारी साधनलाई नै विमानस्थालमा पार्किङ्ग स्थलको रुपमा प्रयोग गरिरहेका छन् ।
त्यसै गरी तारा एयर २ वर्ष अगाडी दुर्घटनाग्रस्त विमानको भाग, अन्य फोहोर जन्य सामाग्री पनि विमानस्थल परिसरमा राखेको पाईएको छ । ट्रयाक्टरका मालिक रवी वस्नेत, जर्न रावतले गत २ वर्ष देखी र महिन्द्रा बोलेरो जिपका मालिक हालका खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीका भाई लोकजन शाही र विजयलामाले सो क्षेत्रलाई पार्किङ्ग स्थल बनाएको स्थानियले बतानएका छन् ।
यसरी सुरक्षाको दृष्टिकोणले संयमित ठाउँमा स्थानियलाई कुनै काम विशेषले छिर्नको लागि मुस्किलले छिर्न दिईने विमानस्थलमा सवारी साधनलाई भने उडान भईरहेको समयमा पनि कुनै सुरक्षा जाँच निर्वाध रुपमा छिर्न दिईनु राम्रो नभएको नेकपा माओवादी केन्द्रका पूर्व सभासद् कर्णजित बुढाथोकीले बताए ।
त्यसै गरी पत्रकार लगायतअन्य सूचना संकलनको लागि प्रेस पास देखाउँदा पनि विमानस्थल परिसरमा प्रवेश रोक लगाउने सुरक्षा निकायले किन सवारी साधनलाई निर्वाध रुपमाप्रवेश अनुमतिदिईएको हो भन्नेमा
यहाँका स्थानिय अचम्मित भएका छन् ।
विमानस्थलको धावनमार्गमा बेला बेलामा ट्रयाक्टर, जिप लगायतका सवारी साधनलाई ड्राईभिङ्ग तालिम केन्द्रको रुपमापनि लगेको पाईन्छ । विमानस्थलको हिउँ सफागर्नको लागि भित्र्याईएको गाडि गाडीदेखि लिएर स्थानियको ट्रयाक्टर र जीप दिनहुँ गुडेको हेर्न र देख्न पाईने हुम्लाको सिमिकोट विमानस्थल नभएर कालोपत्रे
गरेको सडक सरह स्थानिय सवारी साधनले प्रयोग गरिरहेको पाईएको छ ।
सवारी साधनका टायर, ट्रयाक्टरका बकेट, काम नलाग्ने भएका सवारी साधनकापार्ट पुर्जा लगायतका सामाग्री समेत विमानस्थलको रनवे भन्दा उत्तरी खाली ठाउँमा जताततै बेवारिसे रुपमा देख्न पाईन्छ । झट्ट रुपमा हेर्दा विमानस्थलको सो क्षेत्रलाई विमान स्थलभन्दापनि बस पार्क वा कुनै यस्तै खालको निजी ग्यारेजको झ–झल्को दिने गरेको पाईएको छ । यसरी सवारी साधनलाई सुरक्षाको दृष्टिकोणले संयमित स्थानमा प्रवेश दिईनु र पार्किङ्गगर्न दिनुले कुनै न कुनै दिन सम्भावित दुर्घटना निम्त्याउन सक्ने सम्भावना रहेको छ ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज...
-
जंगली हात्तीले आक्रमण गर्दा आमा-छोराको ज्यान गयो
चितवनमा । चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीले आक्रमण गर्दा आमा छोराको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा २१...
-
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा: मौसम विभाग
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












