सिमिकोट विमानस्थल : निजी पार्किङ्ग स्थल र ड्राईभिङ्ग तालिम केन्द्र बन्दै !
हुम्ला । हुम्लाको सिमिकोट विमानस्थल निजी पार्किङ्ग स्थलको रुपमा प्रयोग हुँदै आएको छ ।कुनै पनि खालको निजी प्रयोग र २४ सै घण्टा सुरक्षा कडाई हुने विमानस्थललाई हुम्लाका सवारी धनीले निजी पार्किङ्ग स्थलको रुपमा प्रयोग गर्दै आएका छन् ।
निजी क्षेत्रका व्यवसायीले सञ्चालन गर्दै आएका सवारी साधनलाई विमान स्थल सुरक्षाकर्मी र विमानस्थल कर्मचारीले विमानस्थलको एप्रोन सम्म नै निर्बाध रुपमा सञ्चालनको लागि
अघोषित अनुमतिदिएको छ । महिन्द्राको बोलेरो जिपले विमानस्थलबाट यात्रीको सामान ओसार्न, सिमिकोट बजारका व्यवसायी र अन्य स्थानियको सामान ओसार्नको लागि प्रति केजी १० देखि ५० रुपैयाँ सम्मलिने गरेको छ भने ट्रयाक्टरले ढुंगा लगायत अन्यनिर्माण सामाग्रीको ओसार–पसार मात्र नभएर सवारी साधनलाई नै विमानस्थालमा पार्किङ्ग स्थलको रुपमा प्रयोग गरिरहेका छन् ।
त्यसै गरी तारा एयर २ वर्ष अगाडी दुर्घटनाग्रस्त विमानको भाग, अन्य फोहोर जन्य सामाग्री पनि विमानस्थल परिसरमा राखेको पाईएको छ । ट्रयाक्टरका मालिक रवी वस्नेत, जर्न रावतले गत २ वर्ष देखी र महिन्द्रा बोलेरो जिपका मालिक हालका खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीका भाई लोकजन शाही र विजयलामाले सो क्षेत्रलाई पार्किङ्ग स्थल बनाएको स्थानियले बतानएका छन् ।
यसरी सुरक्षाको दृष्टिकोणले संयमित ठाउँमा स्थानियलाई कुनै काम विशेषले छिर्नको लागि मुस्किलले छिर्न दिईने विमानस्थलमा सवारी साधनलाई भने उडान भईरहेको समयमा पनि कुनै सुरक्षा जाँच निर्वाध रुपमा छिर्न दिईनु राम्रो नभएको नेकपा माओवादी केन्द्रका पूर्व सभासद् कर्णजित बुढाथोकीले बताए ।
त्यसै गरी पत्रकार लगायतअन्य सूचना संकलनको लागि प्रेस पास देखाउँदा पनि विमानस्थल परिसरमा प्रवेश रोक लगाउने सुरक्षा निकायले किन सवारी साधनलाई निर्वाध रुपमाप्रवेश अनुमतिदिईएको हो भन्नेमा
यहाँका स्थानिय अचम्मित भएका छन् ।
विमानस्थलको धावनमार्गमा बेला बेलामा ट्रयाक्टर, जिप लगायतका सवारी साधनलाई ड्राईभिङ्ग तालिम केन्द्रको रुपमापनि लगेको पाईन्छ । विमानस्थलको हिउँ सफागर्नको लागि भित्र्याईएको गाडि गाडीदेखि लिएर स्थानियको ट्रयाक्टर र जीप दिनहुँ गुडेको हेर्न र देख्न पाईने हुम्लाको सिमिकोट विमानस्थल नभएर कालोपत्रे
गरेको सडक सरह स्थानिय सवारी साधनले प्रयोग गरिरहेको पाईएको छ ।
सवारी साधनका टायर, ट्रयाक्टरका बकेट, काम नलाग्ने भएका सवारी साधनकापार्ट पुर्जा लगायतका सामाग्री समेत विमानस्थलको रनवे भन्दा उत्तरी खाली ठाउँमा जताततै बेवारिसे रुपमा देख्न पाईन्छ । झट्ट रुपमा हेर्दा विमानस्थलको सो क्षेत्रलाई विमान स्थलभन्दापनि बस पार्क वा कुनै यस्तै खालको निजी ग्यारेजको झ–झल्को दिने गरेको पाईएको छ । यसरी सवारी साधनलाई सुरक्षाको दृष्टिकोणले संयमित स्थानमा प्रवेश दिईनु र पार्किङ्गगर्न दिनुले कुनै न कुनै दिन सम्भावित दुर्घटना निम्त्याउन सक्ने सम्भावना रहेको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...












