जब दृष्टिविहीन ‘जानकी’ले ओतलाग्ने घर पाइन् …
भीमदत्तनगर । चौवन्न वर्षीया जानकी धामी जन्मजात दृष्टिविहीन नारी हुन् । आँखाको दृष्टि गुम्दा संसार देख्न नपाउनु उनको तीतो यथार्थ मात्रै होइन, जानकीसित दशकौँदेखि भोगेका कष्टका वेदनासम्म सुनेदिने कोही छैन ।
श्रीमान् शिव धामीले १४ वर्षअघि दृष्टिविहीन जानकीलाई बेवास्ता गर्दै भारत पलायन भएपछि बेसहारा बनेकी उनी छिमेकीको सहारामा बाँचिरहेकी छन् । कञ्चनपुरको भीमदत्तनगरपालिका–१० तिल्केनीमा बस्दै आएकी धामीका दुई छोरी पनि दृष्टिविहीन छन् । लामो समय अभाव र समस्यासित जुधेर छोरीको अभिभावकत्व प्रदान गर्दै आएकी धामीको पछिल्लो अवस्था भने झन् अभावले ग्रसित बन्दै गएको छ ।
“१४ बर्षको उमेरमा पहाड घर बैतडीबाट जबर्जस्ती बिहे गरेर श्रीमान् भागेर भारत पसे”, जानकीले रासससित भनिन्, “मेरो त भरोसा भनेकै छरछिमेकी हुन् ।” आफूसित भएको १० धुर जग्गामा टहरो बनाएर सङ्घर्षका दिन झेल्दै आएकी उनलाई पछिल्लो समय विभिन्न सामाजिक सङ्घसंस्था र दाताले पनि सहयोगी भाव देखाउन थालेका छन् ।
“छिमेकीका घर सरसफाइदेखि गोठसम्मको काम गरेर जानकीले छोरीहरु हुर्काएकी हुन्”, स्थानीयवासी आयता धामीले भन्नुभयो–“छोरीहरु पनि दृष्टिविहीन भएकाले थप समस्या भोग्नु प¥यो ।” पछिल्लो समय भीमदत्त नगरपालिकालाई खुल्ला दिसामुक्त बनाउने अभियानकर्ता जानकीको घरमा पुगेपछि शौचालयको समस्याले उहाँलाई थप पीडा दियो । “मासिक रु दुई हजार अपाङ्ग भत्ता आउँथ्यो”, जानकीले भन्नुभयो–“शौचालय नभएको भन्दै भीमदत्त नगरपालिकाले पनि भत्ता रोकेपछि मर्नु र बाँच्नु भयो ।”
नगरपालिकाले भत्ता रोकेकाले भीमदत्तनगर बजारमा भौतारिँदै आएकी जानकी यहाँस्थित हेल्प नेपालको सम्पर्कमा आएपछि समस्याको समाधान भएको बताउँछिन् । “मैले त संस्थामा पुगेर शौचालय बनाउन केही सहयोग पाइन्छ कि भनेर आशा गरेको थिएँ”, उनले खुसी व्यक्त गर्दै भनिन्–“हेल्प नेपालले त नयाँ पक्की घर शौचालयसहित बनाएर दिनुभयो ।”
“पुरानो झोपडी भएका बेला बर्सातमा त सधैँ छिमेकीको घरमा बास हुन्थ्यो,” उनले भनिन्–“नयाँ पक्की घर त बन्यो, सुत्ने पलङ भइदिए हुन्थ्यो ।” श्रीमान् छाडेर गएयता छिमेकीको सहारामा बाँचेकी जानकीलाई काम गरिदिएबापत गाउँलेले वार्षिक धान÷गहुँ उपलब्ध गराउने गरेका छन् । “छिमेकीको दयाले अहिलेसम्म लत्ताकपडासम्म किन्नु परेको छैन”, उनले भनिन्–“बेसहाराका पनि सहारा बनिदिने मान्छेहरु हुँदारैछन् ।”
कोठा, भान्सा र शौचालयसहितको पक्की घर बनाएर दृष्टिविहीन धामी परिवारलाई सहयोग गरेको हेल्प नेपाल कञ्चनपुरका अध्यक्ष मदन चन्दले धामी परिवारको बिचल्लीको अवस्था देखेर सहयोगबापत घर बनाइदिएको बताउनुभयो ।
“हाम्रो संस्था पैसा भएर समाजमा सहयोग गर्ने संस्था होइन”, धुम्रपान निषेधका अभियन्तासमेत रहेका चन्दले भन्नुभयो–“हेल्प नेपालका पदाधिकारीले स्वतःस्फूर्त रुपमा सहयोग गरेर घर बनेको हो ।” विभिन्न दाताबाट इँट्टा, सिमेन्ट, जस्तालगायत निर्माण सामग्री जुटाएर दृष्टिविहीनका लागि घर निर्माण गरिएको अध्यक्ष चन्दको भनाइ छ । चन्दको पहलमा जानकीकी जेठी छोरी राजमतीलाई पनि २०६८ सालमा आर्थिक सङ्कलन जुटाइएको थियो ।
“दृष्टिविहीन राजमतीलाई अध्ययनका लागि आर्थिक अभाव भएपछि हामीले रु ३८ हजार नगद, खाद्यान्न र जिन्सी सामग्री जुटाएर दिएका थियौँ”, चन्दले भन्नुभयो ।
रु दुईलाख लगानीमा निर्माण भएको घर गत बुधबार नारी दिवसका अवसरमा हस्तान्तरण गरिएको चन्दले बताउनुभयो । “दृष्टिविहीन धामी परिवारको झोपडीको अवस्था देखेर मन बिचलित भयो”, उहाँले भन्नुभयो–“अवस्था देखेरै हामी स्वयम् घर बनाउँदा श्रममा जुटेका थियौँ ।”
घर निर्माणपछि हस्तान्तरण गरेपछि धामी परिवारलाई ओत लाग्ने ठाउँ भएको स्थानीयवासीको भनाइ छ । “घर नहुँदा बर्सातमा ओत लाग्न गाउँमा धाउनुपर्ने जानकीको बाध्यता थियो”, स्थानीयवासी आयताले भन्नुभयो–“नयाँ घर बनेपछि दृष्टिविहीन धामी परिवारमा खुसियाली छाएको छ ।”
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...












