जब दृष्टिविहीन ‘जानकी’ले ओतलाग्ने घर पाइन् …
भीमदत्तनगर । चौवन्न वर्षीया जानकी धामी जन्मजात दृष्टिविहीन नारी हुन् । आँखाको दृष्टि गुम्दा संसार देख्न नपाउनु उनको तीतो यथार्थ मात्रै होइन, जानकीसित दशकौँदेखि भोगेका कष्टका वेदनासम्म सुनेदिने कोही छैन ।
श्रीमान् शिव धामीले १४ वर्षअघि दृष्टिविहीन जानकीलाई बेवास्ता गर्दै भारत पलायन भएपछि बेसहारा बनेकी उनी छिमेकीको सहारामा बाँचिरहेकी छन् । कञ्चनपुरको भीमदत्तनगरपालिका–१० तिल्केनीमा बस्दै आएकी धामीका दुई छोरी पनि दृष्टिविहीन छन् । लामो समय अभाव र समस्यासित जुधेर छोरीको अभिभावकत्व प्रदान गर्दै आएकी धामीको पछिल्लो अवस्था भने झन् अभावले ग्रसित बन्दै गएको छ ।
“१४ बर्षको उमेरमा पहाड घर बैतडीबाट जबर्जस्ती बिहे गरेर श्रीमान् भागेर भारत पसे”, जानकीले रासससित भनिन्, “मेरो त भरोसा भनेकै छरछिमेकी हुन् ।” आफूसित भएको १० धुर जग्गामा टहरो बनाएर सङ्घर्षका दिन झेल्दै आएकी उनलाई पछिल्लो समय विभिन्न सामाजिक सङ्घसंस्था र दाताले पनि सहयोगी भाव देखाउन थालेका छन् ।
“छिमेकीका घर सरसफाइदेखि गोठसम्मको काम गरेर जानकीले छोरीहरु हुर्काएकी हुन्”, स्थानीयवासी आयता धामीले भन्नुभयो–“छोरीहरु पनि दृष्टिविहीन भएकाले थप समस्या भोग्नु प¥यो ।” पछिल्लो समय भीमदत्त नगरपालिकालाई खुल्ला दिसामुक्त बनाउने अभियानकर्ता जानकीको घरमा पुगेपछि शौचालयको समस्याले उहाँलाई थप पीडा दियो । “मासिक रु दुई हजार अपाङ्ग भत्ता आउँथ्यो”, जानकीले भन्नुभयो–“शौचालय नभएको भन्दै भीमदत्त नगरपालिकाले पनि भत्ता रोकेपछि मर्नु र बाँच्नु भयो ।”
नगरपालिकाले भत्ता रोकेकाले भीमदत्तनगर बजारमा भौतारिँदै आएकी जानकी यहाँस्थित हेल्प नेपालको सम्पर्कमा आएपछि समस्याको समाधान भएको बताउँछिन् । “मैले त संस्थामा पुगेर शौचालय बनाउन केही सहयोग पाइन्छ कि भनेर आशा गरेको थिएँ”, उनले खुसी व्यक्त गर्दै भनिन्–“हेल्प नेपालले त नयाँ पक्की घर शौचालयसहित बनाएर दिनुभयो ।”
“पुरानो झोपडी भएका बेला बर्सातमा त सधैँ छिमेकीको घरमा बास हुन्थ्यो,” उनले भनिन्–“नयाँ पक्की घर त बन्यो, सुत्ने पलङ भइदिए हुन्थ्यो ।” श्रीमान् छाडेर गएयता छिमेकीको सहारामा बाँचेकी जानकीलाई काम गरिदिएबापत गाउँलेले वार्षिक धान÷गहुँ उपलब्ध गराउने गरेका छन् । “छिमेकीको दयाले अहिलेसम्म लत्ताकपडासम्म किन्नु परेको छैन”, उनले भनिन्–“बेसहाराका पनि सहारा बनिदिने मान्छेहरु हुँदारैछन् ।”
कोठा, भान्सा र शौचालयसहितको पक्की घर बनाएर दृष्टिविहीन धामी परिवारलाई सहयोग गरेको हेल्प नेपाल कञ्चनपुरका अध्यक्ष मदन चन्दले धामी परिवारको बिचल्लीको अवस्था देखेर सहयोगबापत घर बनाइदिएको बताउनुभयो ।
“हाम्रो संस्था पैसा भएर समाजमा सहयोग गर्ने संस्था होइन”, धुम्रपान निषेधका अभियन्तासमेत रहेका चन्दले भन्नुभयो–“हेल्प नेपालका पदाधिकारीले स्वतःस्फूर्त रुपमा सहयोग गरेर घर बनेको हो ।” विभिन्न दाताबाट इँट्टा, सिमेन्ट, जस्तालगायत निर्माण सामग्री जुटाएर दृष्टिविहीनका लागि घर निर्माण गरिएको अध्यक्ष चन्दको भनाइ छ । चन्दको पहलमा जानकीकी जेठी छोरी राजमतीलाई पनि २०६८ सालमा आर्थिक सङ्कलन जुटाइएको थियो ।
“दृष्टिविहीन राजमतीलाई अध्ययनका लागि आर्थिक अभाव भएपछि हामीले रु ३८ हजार नगद, खाद्यान्न र जिन्सी सामग्री जुटाएर दिएका थियौँ”, चन्दले भन्नुभयो ।
रु दुईलाख लगानीमा निर्माण भएको घर गत बुधबार नारी दिवसका अवसरमा हस्तान्तरण गरिएको चन्दले बताउनुभयो । “दृष्टिविहीन धामी परिवारको झोपडीको अवस्था देखेर मन बिचलित भयो”, उहाँले भन्नुभयो–“अवस्था देखेरै हामी स्वयम् घर बनाउँदा श्रममा जुटेका थियौँ ।”
घर निर्माणपछि हस्तान्तरण गरेपछि धामी परिवारलाई ओत लाग्ने ठाउँ भएको स्थानीयवासीको भनाइ छ । “घर नहुँदा बर्सातमा ओत लाग्न गाउँमा धाउनुपर्ने जानकीको बाध्यता थियो”, स्थानीयवासी आयताले भन्नुभयो–“नयाँ घर बनेपछि दृष्टिविहीन धामी परिवारमा खुसियाली छाएको छ ।”
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज...
-
जंगली हात्तीले आक्रमण गर्दा आमा-छोराको ज्यान गयो
चितवनमा । चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीले आक्रमण गर्दा आमा छोराको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा २१...
-
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा: मौसम विभाग
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












