लैङ्गिक असमानता अन्त्य गर्ने नेपालको प्रतिबद्धता
काठमाडौँ, ३ चैत । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले लैङ्गिक असमानता, गरिबी, बेरोजगारी, भेदभाव अन्त्य तथा महिलाहरुलाई सुरक्षित कार्यस्थल सुनिश्चित गर्न नेपाल सरकारले सकारात्मक एवम् समावेशी नीति अवलम्बन गरेको बताउनुभएको छ ।
विश्वका महिलाहरुको अवस्थासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महिला आयोगको ६१औँ बैठकलाई बिहीबार न्युयोर्कमा सम्बोधन गर्दै उहाँले महिला सशक्तीकरण र लैङ्गिक असमानताको अन्त्यका निम्ति सरकारले कानुनी एवम् संस्थागत संयन्त्र खडा गरी तिनलाई कार्यान्वयन गरेको बताउनुभयो ।
‘विश्वमा बदलिँदो कार्यप्रकृति र महिलाको आर्थिक सशक्तीकरण’ विषयक छलफलमा नेपाली प्रतिनिधिमण्डलका नेता मन्त्री खड्काले महिलाहरुको आर्थिक सशक्तीकरणका लागि बेइजिङ घोषणापत्रको पूर्ण कार्यान्वयन, दिगो आर्थिक विकासका लक्ष्य, नं ५ र ८ को प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।
नेपालका प्रमुख पदहरुमा महिला नेतृत्वले उल्लेखनीय प्रगति गरेको जानकारी दिँदै उहाँले आप्रवासी महिलाका आधारभूत अधिकार र सुरक्षा चुनौतीका रुपमा रहेको बताउनुभयो ।
उहाँले महिलाहरुको आर्थिक, सामाजिक एवम् राजनीतिक अधिकारको प्रत्याभूति तथा लैङ्गिक समानताको प्रत्याभूतिका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो । साथै, मन्त्री खड्काले विश्वव्यापीरुपमा नै महिलालाई सशक्त तुल्याउन अन्तर्राष्ट्रिय समुदायको सहयोग र साझेदारी अपरिहार्य भएको बताउँदै त्यस निम्ति नेपाल सरकार मिलेर काम गर्न तयार रहेको जानकारी दिनुभयो ।
उक्त नियोगका अनुसार आजै मन्त्री खड्काले नर्वेका उपविदेशमन्त्री लयला बोखारीसँग भेटवार्ता गर्नुभयो । त्यस अवसरमा उहाँहरुबीच महिला सशक्तीकरण तथा लैङ्गिक समानताका विविध पक्षबारे छलफल भएको थियो ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले दिए सामूहिक राजीनामा
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । सरकारले अध्यादेश ल्याएर हटाउने तयारी गरिरहँदा उनीहरूको सामूहिक राजीनामा आएको...
-
हावाहुरीको जोखिम : दशकमा सयले गुमाए ज्यान
काठमाडौं । पछिल्लो एक दशकमा देशभर हावाहुरीका घटना उल्लेख्य रूपमा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
कांग्रेस सभापति गगनले सरकारलाई दिए चेतावनी, भने- रवैया देखाइरहे मुठी कसेर सडकमा आउँछौँ
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले मधेशका जनताको अधिकार खोसेको बताएका छन्। सर्लाही पुगेका थापाले पार्टीको कार्यक्रममा...
-
ढुक्क हुनुस्, सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुम्बासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका...












