लैङ्गिक असमानता अन्त्य गर्ने नेपालको प्रतिबद्धता
काठमाडौँ, ३ चैत । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले लैङ्गिक असमानता, गरिबी, बेरोजगारी, भेदभाव अन्त्य तथा महिलाहरुलाई सुरक्षित कार्यस्थल सुनिश्चित गर्न नेपाल सरकारले सकारात्मक एवम् समावेशी नीति अवलम्बन गरेको बताउनुभएको छ ।
विश्वका महिलाहरुको अवस्थासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महिला आयोगको ६१औँ बैठकलाई बिहीबार न्युयोर्कमा सम्बोधन गर्दै उहाँले महिला सशक्तीकरण र लैङ्गिक असमानताको अन्त्यका निम्ति सरकारले कानुनी एवम् संस्थागत संयन्त्र खडा गरी तिनलाई कार्यान्वयन गरेको बताउनुभयो ।
‘विश्वमा बदलिँदो कार्यप्रकृति र महिलाको आर्थिक सशक्तीकरण’ विषयक छलफलमा नेपाली प्रतिनिधिमण्डलका नेता मन्त्री खड्काले महिलाहरुको आर्थिक सशक्तीकरणका लागि बेइजिङ घोषणापत्रको पूर्ण कार्यान्वयन, दिगो आर्थिक विकासका लक्ष्य, नं ५ र ८ को प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।
नेपालका प्रमुख पदहरुमा महिला नेतृत्वले उल्लेखनीय प्रगति गरेको जानकारी दिँदै उहाँले आप्रवासी महिलाका आधारभूत अधिकार र सुरक्षा चुनौतीका रुपमा रहेको बताउनुभयो ।
उहाँले महिलाहरुको आर्थिक, सामाजिक एवम् राजनीतिक अधिकारको प्रत्याभूति तथा लैङ्गिक समानताको प्रत्याभूतिका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो । साथै, मन्त्री खड्काले विश्वव्यापीरुपमा नै महिलालाई सशक्त तुल्याउन अन्तर्राष्ट्रिय समुदायको सहयोग र साझेदारी अपरिहार्य भएको बताउँदै त्यस निम्ति नेपाल सरकार मिलेर काम गर्न तयार रहेको जानकारी दिनुभयो ।
उक्त नियोगका अनुसार आजै मन्त्री खड्काले नर्वेका उपविदेशमन्त्री लयला बोखारीसँग भेटवार्ता गर्नुभयो । त्यस अवसरमा उहाँहरुबीच महिला सशक्तीकरण तथा लैङ्गिक समानताका विविध पक्षबारे छलफल भएको थियो ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...












