लैङ्गिक असमानता अन्त्य गर्ने नेपालको प्रतिबद्धता
काठमाडौँ, ३ चैत । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले लैङ्गिक असमानता, गरिबी, बेरोजगारी, भेदभाव अन्त्य तथा महिलाहरुलाई सुरक्षित कार्यस्थल सुनिश्चित गर्न नेपाल सरकारले सकारात्मक एवम् समावेशी नीति अवलम्बन गरेको बताउनुभएको छ ।
विश्वका महिलाहरुको अवस्थासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महिला आयोगको ६१औँ बैठकलाई बिहीबार न्युयोर्कमा सम्बोधन गर्दै उहाँले महिला सशक्तीकरण र लैङ्गिक असमानताको अन्त्यका निम्ति सरकारले कानुनी एवम् संस्थागत संयन्त्र खडा गरी तिनलाई कार्यान्वयन गरेको बताउनुभयो ।
‘विश्वमा बदलिँदो कार्यप्रकृति र महिलाको आर्थिक सशक्तीकरण’ विषयक छलफलमा नेपाली प्रतिनिधिमण्डलका नेता मन्त्री खड्काले महिलाहरुको आर्थिक सशक्तीकरणका लागि बेइजिङ घोषणापत्रको पूर्ण कार्यान्वयन, दिगो आर्थिक विकासका लक्ष्य, नं ५ र ८ को प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।
नेपालका प्रमुख पदहरुमा महिला नेतृत्वले उल्लेखनीय प्रगति गरेको जानकारी दिँदै उहाँले आप्रवासी महिलाका आधारभूत अधिकार र सुरक्षा चुनौतीका रुपमा रहेको बताउनुभयो ।
उहाँले महिलाहरुको आर्थिक, सामाजिक एवम् राजनीतिक अधिकारको प्रत्याभूति तथा लैङ्गिक समानताको प्रत्याभूतिका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो । साथै, मन्त्री खड्काले विश्वव्यापीरुपमा नै महिलालाई सशक्त तुल्याउन अन्तर्राष्ट्रिय समुदायको सहयोग र साझेदारी अपरिहार्य भएको बताउँदै त्यस निम्ति नेपाल सरकार मिलेर काम गर्न तयार रहेको जानकारी दिनुभयो ।
उक्त नियोगका अनुसार आजै मन्त्री खड्काले नर्वेका उपविदेशमन्त्री लयला बोखारीसँग भेटवार्ता गर्नुभयो । त्यस अवसरमा उहाँहरुबीच महिला सशक्तीकरण तथा लैङ्गिक समानताका विविध पक्षबारे छलफल भएको थियो ।
Comments
अरु समाचार
-
आजको राशिफलः २०८१ पौष १३ गते शनिबार
मेषःविभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन्। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि जग बसाउने मौका...
-
पोखराको फेवाताल किनारमा आजदेखि सडक महोत्सव
कास्की: पोखरामा आज (शनिबार) देखि २६औँ संस्करणको ‘पोखरा सडक महोत्सव’ सुरु हुँदैछ । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको आयोजनामा...
-
गुल्मीको छत्रकोटमा जिप लाइन सञ्चालनमा
काठमाडौं । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले जिप लाइन सञ्चालनमा ल्याएको छ । पालिकाले स्थानीय स्तरमै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले संरचना...
-
कालीगण्डकी मत्स्य ह्याचरीद्वारा यस वर्ष आठ लाख भुरा उत्पादन
काठमाडौं । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीस्थित कालीगण्डकी मत्स्य ह्याचरीले यस वर्ष आठ लाखभन्दा बढी माछाका भुरा उत्पादन तथा वितरण गरेको...
-
म्यासेडोनिया पठाउने भन्दै ठगी गर्ने एक जना पक्राउ
काठमाडौं । म्यासेडोनिया पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारमा आकर्षक तलबको...
-
हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र
काठमाडौं । झापाको हल्दिबारी गाउँपालिकाले पालिका क्षेत्रमा ३३ किलोमिटर सडक कालोपत्र गरेको छ । स्थानीय तह पुनःसंंरचना भएपछि हल्दिबारी गाउँपालिकाले...
-
कोशी प्रदेशमा सवारी दुर्घटनाः पाँच महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
काठमाडौं । कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर...
-
आजको राशिफल- २०८१ पुस १२ गते शुक्रवार
मेषः आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ।आफन्त टाढिने हुँदा होसियारीसाथ काम लिनुहोला।...
-
चितवन राष्ट्रिय निकुञ्जमा हवाई फायर गरी खाग तस्कर पक्राउ
काठमाडौं । हवाई फायर गरेर मकवानपुरबाट गैँडाको खाग तस्करलाई पक्राउ गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जकाख सेनाको टोलीले ५ राउन्ड...