सरकारको प्राथमिकतामा नसर्ने रोग : आवश्यक स्वास्थ्य परीक्षण र उपचार जिल्लामै

काठमाडौं/सरकारले नसर्ने रोगलाई प्राथमिकतामा राख्ने भएको छ । सर्ने रोगभन्दा नसर्ने रोगका कारण मृत्यु हुनेको संख्या बढ्न थालेपछि सरकारले यस्ता रोगलाई प्राथमिकतामा राखेको हो । पछिल्लो समय मुटु, श्वासप्रश्वास, क्यान्सर, मधुमेहजस्ता रोगहरूले धेरै मानिसको मृत्यु भइरहेको छ । चिकित्सकहरूले पटक–पटक नसर्ने रोगप्रति गम्भीर बन्न सरकारलाई आग्रह गर्दै आएका थिए ।
स्वास्थ्यमन्त्री गगन थापाले सरकारको प्राथमिकतामा नसर्ने रोग परेको बताएका छन् । बिहीबारदेखि राजधानीमा नसर्ने रोगबारे सुरु भएको दुईदिने तालिममा उनले नसर्ने रोगको न्यूनीकरणका लागि जनचेतना जगाउन र यस्ता रोग लागेमा स्थानीयस्तरमै स्वास्थ्य संस्थामा परीक्षण गराई उपचार गराउनका लागि यो कार्यक्रम लागू गरिएको बताए । ‘सरकार विगतदेखि सर्ने रोगलाई कसरी कमी गर्न सकिन्छ भन्नेमा लागेको थियो । तर, पछिल्ला वर्षहरूमा नसर्ने रोगका कारण मर्नेहरूको संख्या बढ्न थालेको छ । त्यसैले नसर्ने रोगको रोकथाम र उपचारमा जोड दिइएको हो । अब आवश्यक स्वास्थ्य परीक्षण र उपचार जिल्लाहरूबाटै हुनेछ,’ उनले भने ।
स्वास्थ्य सचिव डा.सेनेन्द्रराज उप्रेतीले नसर्ने रोगको न्यूनीकरणका लागि सरकारले पहिलेदेखि नै लगानी गरिरहेको चर्चा गर्दै यो रोग लाग्नै नदिन रोकथाम र रोगको सुरुआतमै परीक्षण गर्ने विषयमा व्यवस्थित कार्यक्रम सुरु गरेको बताए ।
मन्त्री थापाले नसर्ने रोगबारे तत्काल स्वास्थ्य परीक्षण र उपचार गर्न आठ जिल्लामा सेवा सुरु भएको बताए । उनले यो सेवालाई चाँडै देशैभरिका अस्पतालमा पु¥याउने लक्ष्य रहेको पनि बताए । ‘नसर्ने रोगबारे सामान्य स्वास्थ्य परीक्षणसमेत जिल्लाका स्वास्थ्य संस्थामा हुँदैन,’ मन्त्री थापाले भने, ‘यसलाई प्रभावकारी बनाउन आवश्यक छ । पहिलो चरणमा आठ जिल्लाबाट सेवा सुरु गरेका छौँ । त्यसको सेवा हेरेर चाँडै देशभरि सेवा विस्तार गर्नेछौँ ।’
विश्व स्वास्थ्य संगठनको सहयोगमा सरकारले केही महिनादेखि इलाम र कैलाली जिल्लामा नसर्ने रोगबारे स्वास्थ्य परीक्षण र उपचार गर्दै आएको छ । दुई जिल्लाको सेवालाई मध्यनजर गरेर सरकारले आफ्नै लगानीमा आठ जिल्लामा सेवा सुरु गरेको बताएको छ । पहिलो चरणमा पाल्पा, बागलुङ, म्याग्दी, रौतहट, मकवानपुर, बर्दिया, सुर्खेत र अछाम रहेका छन् । योसँगै नसर्ने रोगको कार्यक्रम १० जिल्लामा पुगेको छ ।
चार वर्षमा ७५ जिल्लामा सेवा
सरकारले आगामी चार वर्षमा सबै जिल्लाका स्वास्थ्य संस्थामा नसर्ने रोगबारे कार्यक्रम पु¥याउने पुनर्जागरण महाशाखाका निर्देशक डा.मोहम्मद दाउदले बताए । सरकारले सुरु गरेको १० जिल्लामा उपचार, रोकथाम, स्वास्थ्य परीक्षण, जीवनशैली परिवर्तनदेखि रगत परीक्षण, क्यान्सरको सामान्य उपचार, मुटुरोग, श्वासप्रश्वास, मधुमेहलगायतको उपचार हुनेछ ।
नसर्ने रोगबारे सरकारले थालेको अभियान सराहनीय रहेको भन्दै दाउदले यसले नसर्ने रोगका कारण मृत्यु हुनेको संख्या घटाउन सहयोग पुग्ने दाबी गरे । १० जिल्लाका पाँच सय स्वास्थ्य संस्थाबाट नागरिकहरूले नसर्ने रोगबारे स्वास्थ्य उपचार पाउने भएका छन् । ‘औपचारिक रूपमा नसर्ने रोगबारे १० जिल्लामा कार्यक्रम सुरु भएको छ । यसका लागि पहिलो चरणमा पाँच करोड रुपैयाँ विनियोजनसहित बिरामीको स्वास्थ्य परीक्षण र उपचारका लागि आवश्यक पर्ने सबै सामान स्वास्थ्य संस्थामा पठाइसकिएको छ,’ दाउदले भने ।
आठ जिल्लाबाट सेवा सुरु
तालिममा सहभाीगहरूले जिल्लाका स्वास्थ्यचौकी र स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीलाई यससम्बन्धी तालिम दिनुपर्ने हुन्छ । विश्व स्वास्थ्य संगठनले ‘पेन’ प्याकेजमा मुटु, मधुमेह, क्यान्सर र श्वासप्रश्वासलगायतका रोग नियन्त्रण गर्ने योजना भए पनि सरकारले कैलाली र इलाममा मुटु र मधुमेहलाई मात्रै लिएर नमुना कार्यक्रम सुरु गरेको थियो ।
नयाँपत्रिकाबाट
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...












