सरकारको प्राथमिकतामा नसर्ने रोग : आवश्यक स्वास्थ्य परीक्षण र उपचार जिल्लामै

काठमाडौं/सरकारले नसर्ने रोगलाई प्राथमिकतामा राख्ने भएको छ । सर्ने रोगभन्दा नसर्ने रोगका कारण मृत्यु हुनेको संख्या बढ्न थालेपछि सरकारले यस्ता रोगलाई प्राथमिकतामा राखेको हो । पछिल्लो समय मुटु, श्वासप्रश्वास, क्यान्सर, मधुमेहजस्ता रोगहरूले धेरै मानिसको मृत्यु भइरहेको छ । चिकित्सकहरूले पटक–पटक नसर्ने रोगप्रति गम्भीर बन्न सरकारलाई आग्रह गर्दै आएका थिए ।
स्वास्थ्यमन्त्री गगन थापाले सरकारको प्राथमिकतामा नसर्ने रोग परेको बताएका छन् । बिहीबारदेखि राजधानीमा नसर्ने रोगबारे सुरु भएको दुईदिने तालिममा उनले नसर्ने रोगको न्यूनीकरणका लागि जनचेतना जगाउन र यस्ता रोग लागेमा स्थानीयस्तरमै स्वास्थ्य संस्थामा परीक्षण गराई उपचार गराउनका लागि यो कार्यक्रम लागू गरिएको बताए । ‘सरकार विगतदेखि सर्ने रोगलाई कसरी कमी गर्न सकिन्छ भन्नेमा लागेको थियो । तर, पछिल्ला वर्षहरूमा नसर्ने रोगका कारण मर्नेहरूको संख्या बढ्न थालेको छ । त्यसैले नसर्ने रोगको रोकथाम र उपचारमा जोड दिइएको हो । अब आवश्यक स्वास्थ्य परीक्षण र उपचार जिल्लाहरूबाटै हुनेछ,’ उनले भने ।
स्वास्थ्य सचिव डा.सेनेन्द्रराज उप्रेतीले नसर्ने रोगको न्यूनीकरणका लागि सरकारले पहिलेदेखि नै लगानी गरिरहेको चर्चा गर्दै यो रोग लाग्नै नदिन रोकथाम र रोगको सुरुआतमै परीक्षण गर्ने विषयमा व्यवस्थित कार्यक्रम सुरु गरेको बताए ।
मन्त्री थापाले नसर्ने रोगबारे तत्काल स्वास्थ्य परीक्षण र उपचार गर्न आठ जिल्लामा सेवा सुरु भएको बताए । उनले यो सेवालाई चाँडै देशैभरिका अस्पतालमा पु¥याउने लक्ष्य रहेको पनि बताए । ‘नसर्ने रोगबारे सामान्य स्वास्थ्य परीक्षणसमेत जिल्लाका स्वास्थ्य संस्थामा हुँदैन,’ मन्त्री थापाले भने, ‘यसलाई प्रभावकारी बनाउन आवश्यक छ । पहिलो चरणमा आठ जिल्लाबाट सेवा सुरु गरेका छौँ । त्यसको सेवा हेरेर चाँडै देशभरि सेवा विस्तार गर्नेछौँ ।’
विश्व स्वास्थ्य संगठनको सहयोगमा सरकारले केही महिनादेखि इलाम र कैलाली जिल्लामा नसर्ने रोगबारे स्वास्थ्य परीक्षण र उपचार गर्दै आएको छ । दुई जिल्लाको सेवालाई मध्यनजर गरेर सरकारले आफ्नै लगानीमा आठ जिल्लामा सेवा सुरु गरेको बताएको छ । पहिलो चरणमा पाल्पा, बागलुङ, म्याग्दी, रौतहट, मकवानपुर, बर्दिया, सुर्खेत र अछाम रहेका छन् । योसँगै नसर्ने रोगको कार्यक्रम १० जिल्लामा पुगेको छ ।
चार वर्षमा ७५ जिल्लामा सेवा
सरकारले आगामी चार वर्षमा सबै जिल्लाका स्वास्थ्य संस्थामा नसर्ने रोगबारे कार्यक्रम पु¥याउने पुनर्जागरण महाशाखाका निर्देशक डा.मोहम्मद दाउदले बताए । सरकारले सुरु गरेको १० जिल्लामा उपचार, रोकथाम, स्वास्थ्य परीक्षण, जीवनशैली परिवर्तनदेखि रगत परीक्षण, क्यान्सरको सामान्य उपचार, मुटुरोग, श्वासप्रश्वास, मधुमेहलगायतको उपचार हुनेछ ।
नसर्ने रोगबारे सरकारले थालेको अभियान सराहनीय रहेको भन्दै दाउदले यसले नसर्ने रोगका कारण मृत्यु हुनेको संख्या घटाउन सहयोग पुग्ने दाबी गरे । १० जिल्लाका पाँच सय स्वास्थ्य संस्थाबाट नागरिकहरूले नसर्ने रोगबारे स्वास्थ्य उपचार पाउने भएका छन् । ‘औपचारिक रूपमा नसर्ने रोगबारे १० जिल्लामा कार्यक्रम सुरु भएको छ । यसका लागि पहिलो चरणमा पाँच करोड रुपैयाँ विनियोजनसहित बिरामीको स्वास्थ्य परीक्षण र उपचारका लागि आवश्यक पर्ने सबै सामान स्वास्थ्य संस्थामा पठाइसकिएको छ,’ दाउदले भने ।
आठ जिल्लाबाट सेवा सुरु
तालिममा सहभाीगहरूले जिल्लाका स्वास्थ्यचौकी र स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीलाई यससम्बन्धी तालिम दिनुपर्ने हुन्छ । विश्व स्वास्थ्य संगठनले ‘पेन’ प्याकेजमा मुटु, मधुमेह, क्यान्सर र श्वासप्रश्वासलगायतका रोग नियन्त्रण गर्ने योजना भए पनि सरकारले कैलाली र इलाममा मुटु र मधुमेहलाई मात्रै लिएर नमुना कार्यक्रम सुरु गरेको थियो ।
नयाँपत्रिकाबाट
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












